नयाँदिल्ली, 26 अप्रेल : प्रख्यात पंजाबी गायक दलेर मेहन्दी भारतीय जनता पार्टीमा सामेल भएका छन्। शुक्रवार भाजपा मुख्यालयमा दिल्ली भाजपा अध्यक्ष मनोज तिवारी र केन्द्रिय मन्त्री विजय गोयलको उपस्थितिमा मेहन्दी भाजपामा सामेल भएका हुन्।
यसअवसरमा उत्तर पश्चिम दिल्ली सीटका भाजपा उम्मेदवार हंसराज हंस, केन्द्रिय मन्त्री एवं चाँदनी चोकका उम्मेदवार डा. हर्ष वर्धन तथा पार्टीका अन्य नेताहरू पनि उपस्थित थिए। केही दिन अघि मात्र हंसराज हंस भाजपामा सामेल भएका थिए।
सन् 1995 मा आफ्नो पहिलो एल्बम ‘बोलो ता रा रा’-बाट उनी सुपरहिट भएका थिए।
भाजपाभन्दा अघि उनी कङ्ग्रेसका सदस्य थिए। 2013 को अगस्त महिनामा दिल्लीका पूर्व मुख्यमन्त्री शीला दीक्षितको उपस्थितिमा दलेर मेहन्दीले कङ्ग्रेसको झण्डा समाएका थिए।
यति मात्र होइन, सन् 2014 को दिल्लीमा विधानसभा चुनाउमा दलेर मेहन्दीले कङ्ग्रेसका लागि गीत पनि गाएका थिए।
उल्लेखनीय छ, यसभन्दा अघि बलिवुड अभिनेता सनी देओल पनि भाजपामा सामेल भइसकेका छन्। पछिल्लो 23 अप्रेलको दिन देओलले रक्षा मन्त्री निर्मला सीतारमण र रेल मन्त्री पीयूष गोयलको उपस्थितिमा भाजपाको झण्डा समाएका हुन्। भाजपामा सामेल हुनअघि उनले अमित शाहसँग भेटवार्ता गरेका थिए।