सहृदयी पत्रकार प्रशान्त आचार्यद्वारा सेनाका जवानलाई सहयोग

0
1410
पत्रकार प्रशान्त आचार्य (फाइल फोटो)।

सिलगढ़ी, 26 अप्रेल : प्रशान्त आचार्य सिलगढ़ीका वरिष्ठ पत्रकार हुन्। पत्रकारितामा उनको बेग्लै परिचय छ। प्रशान्त जति राम्रा पत्रकार हुन् उति नै राम्रो मन भएका समाजसेवी पनि हुन्। पत्रकारितासँग उनी सामाजिक कार्यमा पनि जोसिएर संलग्न हुँदै आएका छन्।

यसै क्रममा उनले बिहीबार एक सेनाका जवानलाई सहयोग गरेका छन्। सहयोगी प्रशान्तकै कारण ती सेनाका जवानले बसभित्र छोड़ेको ब्याग प्राप्त गर्न सके। ब्यागभित्र उनको नगद राशि थियो।

जानकारीका अनुसार असम निवासी सेनाका जवान एन सिन्हा आफ्ना बिरामी नानी र पत्नीसँग पानीट्याङ्की-सिलगढ़ी मार्गको बसमा चढ़ेका थिए। उनीहरू आफ्ना नानीको उपचारका लागि बेङ्गडुबीस्थित 158 बेस अस्पतालमा गइरहेको थिए।

यद्यपि बिहार मोड आइपुगेपछि बसबाट ओर्लिने हतारोमा उनीहरूले आफ्ना ब्याग बसभित्रै छोड़े। बस हिँड़ेपछि मात्र उनीहरूले ब्याग बसभित्र छोड़ेको थाह पाए। बस रोक्नका लागि चिच्चाउँदै कुदिरहेको बेला त्यहाँ पत्रकार प्रशान्त आचार्य आइपुगे।

सहृदयी प्रशान्तले आफ्नो बाइकमा ती सेनाका जवानलाई बसाएर बसको पछ्याए। लगभग तीन किलोमिटर टाढ़ामा उक्त बसलाई रोक्न सफल भएपछि बसभित्र छोड़ेको ब्याग प्राप्त गर्न सफल ती जवान सिन्हा सफल बने। त्यसपछि प्रशान्तले पुनः सेनाका ती जवानलाई पुनः बिहार मोडमा ल्याएर छोड़िए दिए, जहाँ उनलाई उनकी पत्नी र नानीले पर्खिरहेका थिए।

यता, ठूलो सहयोग र सहृदयी भावका लागि जवान एन सिन्हाले पत्रकार प्रशान्तप्रति आभार प्रकट गरेका छन्।  पत्रकार प्रशान्त आचार्यको सहयोग देखेर जवान एन सिन्हाको आँखा आँसुले रसाए। ‘‘हामीमाथि आइपरेको विपदमा तपाईं भगवानको रूपमा आइदिनु भयो’’, सिन्हाले आचार्यप्रति आभार प्रकट गर्दै भने।

यसभन्दा अघि पनि थुप्रै सामाजिक सेवाका कार्यमा पत्रकार प्रशान्त संलग्न रहिसकेका छन्। सामाजिक सेवा र असहायहरूका लागि मद्दत गर्न पाउँदा ठूलो आत्मसन्तुष्टि प्राप्त हुने प्रशान्त बताउँछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here