आसनसोल, 29 अप्रेल : सोमबार चौथो चरणको मतादानअवधि बिहानै आसनसोलमा हिंसा भएको खबर प्रकाशमा आएको छ। केही बदमाशहरूले केन्द्रिय मन्त्री बाबुल सुप्रियोको गाड़ी तोड़फोड़ गरेको छ।
अर्कोतिर, आसनसोलरो जेमुलास्थित 222 र 226 पोलिङ बूथमा सुरक्षा बल तैनाथ नगरिएको कारण असन्तुष्ट गाउँलेहरूले भोट बहिष्कार गरे।
यो झमेलाको कारण त्यहाँ मतदान रोकिएको थियो।
आसनसोलमा नै गाउँलेहरूबीच कुटपिट शुरु भयो। जसको कारण पुलिसले उनीहरूमाथि लाठीचार्ज गऱ्यो। यसैअवधि केही बदमाशहरूले भाजपाका उम्मेदवार एवं केन्द्रिय मन्त्री बाबुल सुप्रियोको वाहनलाई तोड़फोड़ गरे।
बाबुल सुप्रियोले यो हमलामा राज्यकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीको हात रहेको आरोप लगाएका छन्। साथै ममता ब्यानर्जीले चुनाउमा गड़बड़ी गर्ने षड़यन्त्र गरिरहेको थप आरोप पनि लगाएका छन्।
उल्लेखनीय छ, चौथो चरणको मतदानअन्तर्गत बङ्गालमा आठवटा लोकसभा सीटमा मतदान भइरहेको छ, जसमा आसनसोल एउटा हो। बिहान 9 बजेसम्म बङ्गालमा 12 प्रतिशत मतदान भएको थियो।