विनय र अनित जातिका लागि ठूलो पोइजन हो : विमल गुरुङ

0
1533
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ, 29 अप्रेल :  सोमवार गोर्खा जनमुक्ति मोर्चा (पहिलो खेमा)-का प्रमुख विमल गुरुङले ताजा भिडियो जारी गरी पछिल्लो लोकसभा चुनाउमा जस्तै दार्जीलिङ विधानसभाको उपचुनाउमा पनि गोर्खा एकता देखाउनुपर्ने अपील सबैसँग गरेका छन्।

यसका साथै उनले पहाड़का सबै राजनीतिक पार्टी र जनताले गोर्खा एकता देखाएर आउँदो उपचुनाउमा भाजपा उम्मेदवारको रूपमा खड़ा भएका नीरज जिम्बालाई प्रचण्ड बहुमतले जीत दिलाउने अनुरोध गरेका छन्।

भिडियोमा उनले जाति र माटोको सवालमा हिल तृणमूल कङ्ग्रेसका नेताहरूलाई पनि एकबद्ध हुने आह्वान गरेका छन्। विगतका भिडियोहरूमा झैं आजको भिडियोमा पनि गुरुङ गोजमुमो दोस्रो खेमाका अध्यक्ष र महासचिव विनय तामाङ र अनित थापाप्रति आक्रामक देखिएका छन्।

उनले विनय तामाङ र अनित थापाको अहं र घमण्ड केवल 23 मईसम्मका लागि मात्र रहेकोले त्यसपछि यी दुवैजनाले लाज शरमले जातिअघि आफै मुख नै देखाउन नसक्ने अवस्थाको कारण टाढ़ा हुने बताए।

विमलले भिडियोमा भनेका छन्, “विनय तामाङ र अनित थापा जातिका लागि भयङ्कर डरलाग्दो पोइजन हो। अब विनय र अनित नाम कुकुरको पनि राख्नु हुँदैन।” विनय तामाङ र अनित थापाले अहिलेघरी दार्जीलिङ पहाड़का युवाहरूलाई मद्पानमा संलग्न गराइरहेको र विभिन्न राम्रो कार्यमा संलग्न गराइ दङ्गा फसाद गराउने षड़यन्त्र रचिरहेको गम्भीर आरोप पनि गुरुङले लगाएका छन्।

“यी दुईले कन्ट्याक्टर दाजु भाइबाट यति बेसी पैसा बटुलेका छन्। पुलिसको डर देखाएर, काम दिने लोभ देखाएर बीस-तीस लाख माग्ने काम गर्दैछन्”, गुरुङले थपे, “तर म ती दाजु भाइहरूलाई भन्न चाहन्छु-तपाईंहरू अब खर्च नगर्नुहोस्। यिनीहरूको अहं-घमण्ड 23 मईसम्मका लागि हो। दुईवटै सीटमा हामी शतप्रतिशत जितेर देखाएको हुन्छौं।”

गुरुङले आफ्ना पार्टी कार्यकर्ताहरूलगायत दार्जीलिङका जनतालाई कस्तै बिध्न बाधा आए पनि ती बिध्न बाधालाई सहेरै पनि आफ्नो बहुमूल्य भोट कमलको फूलमा हालेर नीरज जिम्बालाई ठूलो मतान्तरले विजयी बनाउने अपील गरेका छन्।

विमलले तृणमूल कङ्ग्रेका नेताहरूको सन्दर्भमा बोल्दै शारदा  सुब्बा र एनबी खवासहरूले जाति र माटोलाई बेचेर तृणमूल कङ्ग्रेसमा सामेल नभएको पनि गोजमुमो प्रमुख विमलले बताएका छन्।

“जाति र माटो बेच्ने त विनय तामाङ र अनित थापा हुन्। शारदा सुब्बा र एनबी खवासहरूले जाति र माटो बेचेर तृणमूलमा गएका होइनन्। उनीहरू त राजनीतिक दबाउ हुँदा तृणमूल कङ्ग्रेसमा सामेल भएका हुन्”, गुरुङले भिडियोमा भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here