विनय तामाङले अब लुक्ने दूलो खोज्दा भयो : राजु विष्ट

0
1381

नीरज जिम्बाको नामाङ्कनमा उपस्थित रहेका राजु विष्ट।

दार्जीलिङ, 29 अप्रेल : सोमबार भाजपा उम्मेदवार नीरज जिम्बाले आउँदो उपचुनाउका लागि नामाङ्कन पत्र बुझाउँदा दार्जीलिङ लोकसभा सीटका उम्मेदवार राजु विष्ट पनि उपस्थित थिए।

नामाङ्कन पत्र बुझाएपछि आज अपराह्न स्थानीय गोर्खा दुःख निवारक सम्मेलन (गोदुनिस)-मा विमल गुरुङपन्थी गोजमुमो, गोरामुमो, सुमेटि मोर्चा र भाजपाका कार्यकर्ताहरूलाई लिएर एक सभा सम्पन्न भयो, जुन सभामा प्रमुख वक्ताका रूपमा राजु विष्ट थिए।

विष्टले आफ्नो सम्बोधनमा तृणमूल सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी तथा विनय तामाङमाथि कटाक्ष गरे। उनको कटाक्ष विशेषगरी विनय तामाङमाथि थियो।

राजु विष्टले भने, ‘‘विनय तामाङले अब लुक्ने दूलो खोज्दा भयो, तर यो पहाड़मा त उनले लुक्ने दूलो पनि पाउनेछैनन्। पहाड़का मान्छेले खेदी खेदी धपाउनेछन्। अब कुन पहाड़मा कु ठाउँमा दूलो खोज्नु हुन्छ, त्यो बेला आइसकेको छ।’’

यसअवधि उनले तृणमूल कङ्ग्रेसका उम्मेदवार ‘अमरसिंह चुनाउ हारिसकेको थाहा पाएर विधायक चुनाउमा मान्छे किनेर भएर पनि भोट जितेर बच्न सकिन्छ भन्ने आशाले विनय तामाङ उपचुनाउ उठाएको, तर यो चुनाउमा पनि भाजपा उम्मेदवार नीरज जिम्बाले जित्ने दाबी गरे।

भाजपाका यी लोकसभा उम्मेदवार उम्मेदवारले पहाड़मा विनय तामाङहरूले व्यापक भ्रष्टाचार गरिरहेको र सांसद भइसकेपछि क्याग (सीएजी) ल्याएर पहाड़मै बसी अडिट गराउने बताए। साथै दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधान र गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिन प्रतिबद्ध रहेकोले आफ्नो घोषणा-पत्रमा यी दुई कुरालाई समावेश गरेको बताए।

‘‘तपाईंहरूको यी दुई कुरालाई गर्ने म छु। यदि मैले यी कुराहरू गर्न सकिनँ भने अर्को पालि तपाईंहरूको अघि मुखसमेत देखाउने छुइनँ’’, विष्टले प्रतिबद्धता जताए।

राष्ट्रिय पार्टीले क्षेत्रीय मुद्दालाई बोक्न सक्दैन भन्ने कतिपय राजनीतिक पार्टीको भनाइलाई पनि उनले सोझै नकार्दै दार्जीलिङका दुईवटा प्रमुख क्षेत्रीय मुद्दालाई भाजपाले आफ्नो घोषणा-पत्रमा समावेश गरेको र आजको दिनमा यदि कुनै पार्टीले यी दुई समस्यालाई समाधान गर्न सक्छ भने त्यो पार्टी केवल भाजपा रहेको ठोकुवा गरे।

सभालाई विधानसभाका उम्मेदवार नीरज जिम्बा, विमल गुरुङपन्थी गोजमुमोका प्रवक्ता बीपी बजगाईं, अधिवक्ता तिलकचन्द्र रोकालगायत अन्यले पनि सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here