चुनाउ आयोगको ठूलो निर्णय : मतदान केन्द्र बङ्गाल पुलिसको तैनाथी नहुने, केन्द्रिय बलले निगरानी गर्ने

0
1211

कोलकाता, १ मई : बङ्गालमा चुनावी हिंसालाई ध्यानमा राखेर चुनाउ आयोगले ठूलो फसेला गरेको छ। आउँदो ६ मईको दिन हुने पाँचौं चरणको चुनाउअवधि मतदान केन्द्रहरूमा अब बङ्गाल पुलिसको तैनाथी हुनेछैन। सबै मतदान केन्द्र केन्द्रिय सुरक्षा बलको निगरानीमा रहनेछ।

वास्तवमा विभिन्न राजनीतिक दलका नेताहरूले चुनाउ आयोगसँग यस सन्दर्भमा माग गरेका थिए। उल्लेखनीय छ, तेस्रो र चौथो चरणको मतदानअवधि बङ्गालमा व्यापक हिंसा भएको थियो। तेस्रो चरणको मतदानअवधि मुर्शिदाबादमा भएको हिंसामा एक मतदाताले आफ्नो ज्यानसमेत गुमाएका थिए भने चौथो चरणको मतदानअवधि आसनसोलमा केन्द्रिय मन्त्री एवं भाजपा उम्मेदवार बाबुल सुप्रियोको वाहन तोड़फोड़ गरिएको थियो।

पश्चिम बङ्गालका लागि स्पेशल वेस्ट पुलिस अब्जर्वर विवेक दुबेले बताएअनुसार १४२ क्विक रेस्पोन्स टीमलाई ६ मईको दिन चुनाउ हुने लोकसभा क्षेत्हरूमा पठाइएको छ। अब बङ्गाल पुलिसको तैनाथी नहुने भएपछि सबै मतदान केन्द्रमा केन्द्रिय सशस्त्र पुलिस बल (सीआरपीएफ)-को निगरानी रहनेछ।

समाचार स्रोत : दैनिक जागरण

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here