हावड़ामा चुनाउका लागि तैनाथ सुरक्षा बलमाथि गोली प्रहार : एकको मृत्यु दुई घाइते

0
1147
साङ्केतिक तस्वीर (फोटो साभार- इन्टरनेट)।

हावड़ा, २ मई : पश्चिम बङ्गालको हावड़ामा चुनाउका लागि तैनाथ केन्द्रिय सुरक्षा बलमाथि एक व्यक्तिले गोली प्रहार गरेको छ। यो गोलीप्रहारमा एक जवानको मृत्यु भएको छ भने दुई अन्य घाइते भएको बताइएको छ।

सुरक्षा बलमाथि गोली प्रहार गर्ने आरोपी व्यक्तिलाई पक्राउ गरेको छ। रिपोर्ट्सका अनुसार गोलीबारीको यो घटना हावड़ाको ज्योतिर्मय गर्ल्स स्कूलमा रहेको क्याम्पमा भएको हो।

स्थानीय पुलिसका अनुसार लक्ष्मीकान्त बर्मन नामका व्यक्तिले दुई इन्सास राइफलबाट करिब १३ राउण्ड फाइरिङ गरे। यसअवधि असम राइफल्सका एएसआई भोलानाथ दासको मृत्यु भयो, जबकि दुई जवान रन्तुमोनी र  अनिल राजबंग्शी घाइते भएका छन्।

उल्लेखनीय छ, लोकसभा चुनाउमा सुरक्षा व्यवस्थालाई  सम्हाल्नका लागि यो समय ठूलो सङ्ख्यामा केन्द्रिय सुरक्षाबललाई पश्चिम बङ्गालमा तैनाथ गरिएको छ। पुलिसले घटनाबारे गहन जाँच शुरु गरेको छ।

उल्लेखनीय छ, आगामी ६ मईको दिन पाँचौं चरणको मतदान हुनेछ। यसअवधि पश्चिम बङ्गालमा बङ्गाउँ, ब्यारकपुर, हावड़ा, उलुबेरिया, श्रीरामपुर, हुगली र आरामबाग लोकसभा सीटमा मतदान हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here