शारदा सुब्बा तृणमूल कङ्ग्रेसबाट ६ वर्षका लागि निष्कासित

0
1249
शारदा राई सुब्बामाथि अनुशासनात्मक कारबाहीबारे जानकारी गराउँदै तृणमूल कङ्ग्रेसद्वारा जारी प्रेस विज्ञप्ति ।

दार्जीलिङ, ३ मई : पार्टीको अड़ान र रणनीतिविरुद्ध आउँदो उपचुनाउमा स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएकी शारदा राई सुब्बालाई तृणमूल कङ्ग्रेसले ६ वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ।

तृणमूल कङ्ग्रेसका महासचिव एवं दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेस पर्यवेक्षक अरुप विश्वासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी महिला तृणमूल कङ्ग्रेस दार्जीलिङकी अध्यक्ष एवं प्रभारी शारदा राई सुब्बालाई अनुशासनात्मक कारबाही गर्दै पार्टीले ६ वर्षका लागि निष्कासित गरेको जानकारी गराएका छन्।

विज्ञप्तिका अनुसार अबउसो सुब्बा पार्टीका कुनै पदमा छैनन्। साथै पार्टीविरुद्ध कुनै पनि गतिविधिलाई तृणमूल कङ्ग्रेसले स्वीकार्ने छैन।

उल्लेखनीय छ, तृणमूल कङ्ग्रेसले दार्जीलिङ विधानसभाको उपचुनाउमा स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङलाई समर्थन गरिरहेको छ।

पार्टीको यस्तो निर्णयविरुद्ध असन्तुष्ट देखिएकी तृणमूल नेतृ शारदा राई सुब्बाले पार्टीको अड़ान र रणनीतिबाट पर हटेर स्वतन्त्र उम्मेदवारको रूपमा खड़ा भएपछि कारबाहीमा परेकी हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here