जिम्बाको समर्थनमा गोर्खा लीग प्रताप खाती गुटले सोमबारदेखि चुनाउ प्रचार शुरु गर्ने

0
1210
गोर्खा लीग महासचिव प्रताप खाती।

कालेबुङ, ४ मई : अखिल भारतीय गोर्खा लीग (अभागोली)- प्रताप खाती गुटले भारतीय जनता पार्टी (भाजपा) –का उम्मेदवार नीरज जिम्बाको पक्षमा आउँदो सोमबारदेखि चुनाउ प्रचार शुरु गर्नेछ। पछिल्लो ३० अप्रेलदेखि जिम्बाको पक्षमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो), विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा, भारतीय जनता पार्टी र सुमेटि मोर्चाले संयुक्त रूपमा लगातार चुनाउ प्रचार गरिरहेका छन्। यसै संयुक्त चुनावी कार्यक्रममा सोमबारदेखि लीग (अभागोली)- प्रताप खाती गुटले पनि सहभागिता जनाउनेछ।

शनिबार यसबारे जनंसवादसँग टेलिफोनिक कुराकानी गर्दै गोर्खा लीग महासचिव प्रताप खातीले भने, “पछिल्लो लोकसभा चुनाउमा पनि हामीले गोर्खा जातिको एकता र अस्तित्वको कुरालाई शिरोपर राखेर भाजपा उम्मेदवार राजु विष्टलाई समर्थन गरेका थियौं। साथै निरन्तर चुनाउ प्रचारमा खटिएका थियौं। र आगामी १९ मईको दिन सम्पन्न हुने दार्जीलिङ विधानसभाको उपचुनाउमा पनि गोर्खा लीगले भाजपा उम्मेदवार नीरज जिम्बालाई समर्थन गर्ने अघिबाटै घोषणा गरेको थियो। यसैले हामी आगामी सोमबारदेखि चुनाउ प्रचारमा सहभागी हुनेछौं।”

गोर्खा लीग प्रताप खाती गुटसँग गोर्खाल्याण्ड पिपुल्स मुभमेन्ट (साझा मञ्च)-की वन्दना राई पनि भाजपा उम्मेदवारको समर्थनमा चुनाउ प्रचार अभियानमा सहभागी हुने उनले जनाए।

प्रताप खातीले भने, “गोर्खाहरूमाथि बङ्गाल सरकारले गरिरहेको अत्याय अत्याचारविरुद्ध तथा जाति र माटोको व्यापार गरी बङ्गाल सरकारको पृष्ठपोषक बनेका स्थानीय शक्तिहरूलाई पराजित गर्नका लागि दलीय एकताको खाँचो छ। यसैले गोर्खा लीगले गोर्खा एकता र अस्तित्वको मुद्दालाई शिरोपर गरी व्यक्तिगत र दलीय स्वार्थ त्यागेर पछिल्लो लोकसभा र आउँदो उपचुनाउमा भाजपा उम्मेदवारलाई समर्थन र सहयोग गर्ने घोषणा गरेको हो। पछिल्लो लोकसभा चुनाउमा हामी जसरी चुनाउ प्रचारमा लागिपऱ्यौं, त्यसरी नै आउँदो उपचुनाउका लागि पनि भाजपा उम्मेदवार नीरज जिम्बाको पक्षमा चुनाउ प्रचार गर्न खटिनेछौं।”

यसका साथै उनले भाजपाका उम्मेदवार नीरज जिम्बाको पक्षमा मतदान गरी आउँदो उपचुनाउमा ठूलो मतान्तरले विजयी बनाउने दार्जीलिङ विधानसभा क्षेत्रका जनतालाई अपील पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here