नयाँ दिल्ली, 4 मई : म्यान्मार-भारत (नागाल्याण्ड) सीमा क्षेत्रमा शनिबार भुइँचालोको झट्का महसुस गरियो। आज अपराह्न 4 बजेर 33 मिनटमा महसुस गरिएको भुइँचालो तीव्रता रिक्टर स्केलमा 5.4 मापिएको छ। यद्यपि यो समाचार तयार पारुञ्जेलसम्म कुनै ज्यानमालको क्षतिको खबर प्रकाशमा आएको थिएन।
शुक्रबार बिहान पनि हिमाचल प्रदेशको मण्डी जिल्लामा 4.2 तीव्रताको भुइँचालोको झट्का महसुस गरिएको थियो। शिमला मौसम विज्ञान केन्द्रका निर्देशक मनमोहन सिंहले बताएअनुसार शुक्रबार बिहान 4 बजेर 32 मिनटमा महसुस गरिएको थियो। भुइँचालोको केन्द्र मण्डीको पूर्वोत्तरमा 10 किलोमिटरको गहिराइमा थियो।
उनका अनुसार निकटवर्ती क्षेत्रहरूमा पनि भुइँचालोको झट्का महसुस गरिएको थियो। अधिकारीहरूका अनुसार उक्त भुइँचालो झट्काबाट कुनै ज्यानमालको नोक्सान भएको सूचना छैन। मण्डीसमेत हिमाचल प्रदेशका धेरजसो भाग उच्च भूकम्पीय संवेदनशील क्षेत्रमा पर्छन्। र यी क्षेत्रहरूमा भुइँचालोका हल्का झट्का प्रायःजसो महसुस भइरहन्छ।