बङ्गालमा भाजपा ‘आक्रामक मूड’-मा, दिसम्बर महिनाभित्रै लोकसभा चुनाउका प्रार्थीहरूको सूची तयार गर्ने

0
1169
प्रतीकात्मक फोटो।

कोलकाता, 12 नोभेम्बर : बङ्गालमा भाजपा आक्रामक मूडमा देखिएको छ।

पाँराज्यमा विधानसभा चुनाउको परिणाम घोषित भएलगत्तै भाजपाले पश्चिम बङ्गालमा लोकसभा चुनाउको पहिलो सूचीलाई अन्तिम रूप दिने सम्भावना छ। पार्टीको एक उच्च पदस्थ नेतृत्वको तर्फबाट यस्तो जानकारी दिइएको छ।
आज अर्थात् १२ नोभेम्बर आगामी 20 नोभेम्बरको दिन छत्तीसगढ़मा मतदान हुनेछ। त्यस्तै आगामी 26 नोभेम्बरको दिन मध्यप्रदेश र मिजोरममा तथा 7 दिसम्बरको दिन राजस्थान तेलङ्गनामा विधानसभा चुनाउ हुनेछ। यी पाँच राज्यको चुना परिणाम आगामी 11 दिसम्बरको दिन घोषणा गरिनेछ।
यो अवधिसम्म पश्चिम बङ्गालमा भाजपाका तीनवटा रथ यात्रा पनि निस्किसकेको हुनेछ, जुन रथयात्रालाई लिएर राज्यको राजनीति तातिन शुरु गरेको छ। तृणमूल र भाजपाले परस्परविरुद्ध विवादस्पद बयान दिइरहेका छन्।
हिलो रथ यात्रा 5 दिसम्बरको दिन वीरभूम जिल्लाको तारापीठ मन्दिरबाट, दोस्रो 7 दिसम्बरको कोचविहारको मदनमोहन मन्दिर नजिकबाट र तेस्रो रथयात्रा दक्षिण 24 परगनाको ङ्गासागरबाट ९ दिसम्बरबाट शुरु हुनेछ।
यी तीनवटा रथ यात्राका लागि भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाह, हिन्दुत्वका फायर ब्राण्ड नेता योगी आदित्यनाथ, असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालसमेत भाजपाका प्रदेश प्रभारी कैलाश विजयवर्गीय र सहप्रभारी अरविन्द मेनन, रामलाल आदि केन्द्रिय नेता बङ्गालमा आउनेछन्। भाजपा सूत्रका अनुसार त्यसबेला पार्टीका प्रदेश नेतृत्वहरूसँग यी शीर्ष नेताहरूको महत्त्वपूर्ण बैठक हुनेछ, जसमा लोकसभा चुनाउका म्भावित प्रार्थीहरूको सूची तयार गरिनेछ।
यसका लागि राज्यभरका पार्टी शाखाहरूलाई आ-आफ्ना लोकसभा क्षेत्रका मनपर्दो उम्मेद्वारको सूची बनाएर पठाउन भनिएको छ। राज्यभरिबाट प्राप्त सूचीलाई केन्द्रिय टीमद्वारा तयार गरिएको सूचीसँग दाँजिनेछ। र त्यसमध्ये योग्य उम्मेद्वारहरूलाई चुनेर प्रदेश भाजपा नेतृत्वले जनवरी महिनाको पहिला साताभित्र दिल्लीमा केन्द्रिय नेतृत्वसमक्ष अन्तिम मोहोरका लागि पठाइनेछ।
जनवरीको अन्तिम सातासम्म राज्यमा लोकसभा चुनाउका प्रार्थीहरूको सूची प्राय: फाइनल गरिने निधो भाजपाले गरेको छ।
आगामी वर्षको अप्रेल महिनामा लोकसभा चुनाउ हुने सम्भावना छ। उम्मेद्वारलाई लिएर अन्तिम समयमा हुने अन्तर्कलहबाट बच्न र प्रचार प्रसारका लागि पर्याप्त समय जुटाउन भाजपाले अगावै लोकसभा चुनाउको प्रार्थी निश्चित गर्ने रणनीति बनाएको छ।
यसपटक भाजपाले ङ्गाललाई शीर्षमा राखेको छ। यसले सन् २०१४-मा भएको पछिल्लो लोकसभा चुनाउमा राज्यका केही सीटबाट फिल्मी कलाकार र केन्द्रिय नेताहरूलाई चुनाउ मैदानमा उतारेको थियो। यसपटक पनि ती नेताहरूलाई उम्मेद्वार बनाउनेबारे पार्टीभित्र विचार-विमर्ष भइरहेको छ। यसका साथै भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाह पनि उत्तर कोलकाता, हावड़ा अथवा आसनसोलमध्ये कुनै एक सीटबाट उम्मेद्वार हुनसक्छन्।
भाजपा सूत्रका अनुसार दिसम्बर महिनाको मध्यबाटै लोकसभा चुनाउका लागि उम्मेद्वारहरूको प्राथमिक सूची तयार गर्ने काम शुरु हुनेछ।
राज्य भरिका नेतृत्वलाई यसका लागि साङ्गठनिक स्तरमा चर्चा परिचर्चा गर्ने र उम्मेद्वारहरूको नामबारे मानिसहरूको मन बुझ्ने निर्देश दिइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here