ब्यारेकपुरमा हिंसा : तृणमूल-भाजपा कार्यकर्ताहरूबीच झड़प

0
1300
मतदानअवधि सोमबार ब्यारेकपुपरमा भएको झड़प (फोटो एएनआई)।

ब्यारेकपुर, 6 मई : आज चौथो चरणको मतदानअवधि पनि  पश्चिम बङ्गालमा चुनावी हिंसाको घटना प्रकाशमा आएको छ। ब्यारेकपुरमा भाजपा र तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूबीच झड़प भएको छ। भाजपा उम्मेदवार अर्जुन सिंहले तृणमूल कार्यकर्ताहरूमाथि हमलाको आरोप लगाएका छन्, जबकि तृणमूलले भाजपामाथि गुण्डागर्दी गरेको आरोप लगाएको छ।

भाजपा उम्मेदवार सिंहले लगाएको आरोपका अनुसार मोहनपुर क्षेत्रमा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले उनीमाथि हमला गरे। “मलाई तृणमूल कार्यकर्ताहरूले  पोलिङ बूथबाट जबर्जस्ती तानेर बाहिर निकाले। मतदाताहरूलाई धम्काउने कार्य गर्दैछ। तृणमूरल कङ्ग्रेसका कार्यकर्ताहरूको हमलामा मलाई चोट लागेको छ।” उनले केन्द्रिय बलका जवानहरू मातेको अवस्थामा रहेको आरोप पनि लगाए।

अर्कोतिर तृणमूल कार्यकर्ताहरूले भाजपामाथि गुण्डागर्दी गरेको आरोप लगाएका छन्। मतदान शान्तिपूर्ण चलिरहेको समय भाजपा उम्मेदवार अर्जुन सिंह आएर झमेला गरेको उनीहरूको आरोप छ। तृणमूल-भाजपा कार्यकर्ताबीच झड़पले केहीक्षण मतदान पनि प्रभावित बन्यो। यद्यपि घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूले दुवै पार्टीका कार्यकर्ताहरूलाई त्यहाँबाट हटाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here