गान्तोक, 5 मई : संयुक्त राष्ट्र अमेरिका (यूएएस)-को न्यूयोर्कमा शनिवार आयोजित विश्वचर्चित ट्रिबेका फिल्म महोत्सव-2019 मा एभेन्जर्स क्याप्टेन मार्वल (ब्री लार्सन), आलिया भट्ट, कैटरिना कैफ, तापसी पन्नु वा एभेन्जर्स ब्ल्याक विडो (स्कारलेट जोहान्सन)-जस्ता फिल्म अभिनेत्रीहरूले पाउन नसकेको प्रतिष्ठा सिक्किमकी बलिवुड अभिनेत्री गीताञ्जली थापाले प्राप्त गरी विश्वमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल बनेकी छन्।
सिक्किमकी छोरी गीताञ्जली थापाले सिक्किमको तर्फबाट आफ्नो नाम दर्ता गराएर बलिवुड र हलिवुड चलचित्र उद्योगमा ठूलो उपलब्धि हासिल गरेकी छन्।
गीताञ्जली थापाले न्यूयोर्कमा फिल्मको प्रदर्शनको अवसरमा फिल्म ‘स्ट्रे डल्स’-मा आफ्नो भूमिकाको निम्ति सर्वश्रेष्ठ अभिनेत्री श्रेणीमा ट्रिबेका फिल्म महोत्सव जूरी मेन्शन अवार्ड जितेकी छन्, जो नेटफ्लिक्स वा अन्य प्रमुख वेब प्लेटफार्ममा जारी गरिनेछ।
स्ट्रे डल्स फिल्ममा रिज (गीताञ्जली थापा)-को यस्तो एक कहानी छ, जो हालैमा दक्षिण एशियाली आप्रवासी रहेर अमेरिकामा सीडी मोटलमा नोकरी गर्छिन्। मोटलका अन्य कर्मचारी र अतिथिहरू उनलाई त्यही जीवनमा फर्काउन चाहन्छन्, जो उनी पछि छोड्न वा भुल्न चाहन्छिन्।
जूरी अधिकारीहरूले उनको विशेष उपलब्धिप्रति उल्लेख गरेका छन्, “स्ट्रे डल्समा गीताञ्जली थापाको सदैव आश्चर्यचकित गर्ने तथा डुबेर काम गर्ने अभूतपूर्व जुनून देखिन्छ।”
वास्तवमा गीताञ्जली थापा एकजना प्रतिभाशाली तथा जमिनसित जोड़िएकी अभिनेत्री हुन्, जसले यसअघि लायर्स डाइसमा आफ्नो प्रदर्शनका लागि राष्ट्रिय फिल्म पुरस्कार पनि जितिसकेकी छन्। गीताञ्जली थापा सिक्किमकी पहिलो नागरिक हुन्. जसले अमेरिकाको न्यूयोर्कमा यति ठूलो उपलब्धि हासिल गरेकी छन्।
पश्चिम सिक्किमकी सोरङ जन्मेकी गीताञ्जली थापा बलिवुडमा बेग्लै स्पेस बनाइसकेकी सफल अभिनेत्री हुन्। उनले सन् 2013 मा सर्वोत्कृष्ट अभिनेत्रीका लागि राष्ट्रिय फिल्म अवार्ड जितिसकेकी छन्।