अटोसँगको ठक्करले बस पल्टिँदा 1-को मृत्यु, 23 घाइते

0
1089
साङ्केतिक तस्वीर।

सिलगढ़ी, 9 मई : मालबजार-मटेली राष्ट्रिय राजमार्ग 31 मा अटोसँगको ठक्करले बस पल्टिँदा एक यात्रुको मृत्यु हुनका साथै 23 जना घाइते भएका छन्। यो दुर्घटना राष्ट्रिय राजमार्ग 31-मा सालबारी संलग्न क्षेत्रमा भएको हो।

यो दुर्घटनामा परी मृत्यु हुने यात्रुको नाम इन्द्रनील भवाल (43) रहेको पुलिसले बताएको छ।

उल्लेखनीय छ, मङ्गलबार बेलुकी एक यात्रु बस मालबाजारबाट जलपाइगढ़ीतिर गइरहेको थियो। त्यसैले राष्ट्रिय राजमार्ग 31-मा पर्ने सालबारी संलग्न क्षेत्रमा उक्त बस एक अटोसँग ठोक्किन पुग्यो, जसको फलस्वरूप बस सड़क किनारदेखि केही फीट तल खस्यो।

पुलिसका अनुसार यो दुर्घटनामा परी इन्द्रनील भवालको घटनास्थलमै मृत्यु भयो, जबकि 23 यात्रु घाइते भएको बताइएको छ। दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय मानिसहरूले उद्धार गरी अस्पताल पुऱ्याएका थिए।

अर्कोतिर घटनाको जानकारी पाएलगत्तै पुलिस दुर्घटनास्थलमा पुगेको थियो। पुलिसले बसलाई कब्जामा लिएर घटनाको छानबिन शुरु गरेको छ। अटोसँग ठूलो ठक्करबाट बच्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा  बस पल्टिएको हुनसक्ने अनुमान गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here