ट्युनिश, 11 मई : लीबिया छोड़ेर युरोतिर गइरहेका शरणार्थी छोड़ेर नाउ भूमध्य सागरमा पल्टिँदा कम्तीमा 65 जनाको ज्यान गएको छ। यो दुर्घटना ट्युनिशियाको स्फाक्श प्रान्तको तटदेखि करिब 40 माइल टाढ़ा भूमध्य सागरमा भएको हो।
संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीका अनुसार यो दुर्घटनाबाट 16 जनालाई बचाइएको छ। यो बीभत्स दुर्घटनाबाट बाँचेका मानिसहरूको अनुसार समुद्रको तीव्र र उच्च लहरको कारण नाउ पल्टिएको हो। यो नाउ बिहीबार लीबियाबाट युरोपतिर प्रस्थान गरेको थियो।
संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीको आँकड़ाका अनुसार पछिल्लो चार महिनामा लीबियाबाट यूरोप जाने समुद्री बाटोमा दुर्घटनाको शिकार भई कुल 164 मानिसको मृत्यु भइसकेको छ।
दुर्घटनामा परेका नाउमा अधिकांश मानिस अफ्रिकी रहेको बताइँदैछ। यो नाउ दुर्घटनालाई यो वर्षकै सबैभन्दा ठूलो दुर्घटनामा मानिँदैछ। उल्लेखनीय छ, प्रतिवर्ष लीबियाबाट हजारौंको सङ्ख्यामा प्रवासी भूमध्य सागर तरेर अवैध तरिकाले यूरोप छिर्ने कोशिश गर्छन्।