21 महिनाभित्र पहाड़वासीले पर्जापट्टा पाउने विनयको दाबी

0
1102
चुनाउ प्रचार गर्दै विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 12 मई : आगामी 21 महिनाभित्र चियाकमान, सिन्कोना बगान, डीआई फण्ड जमिन र नगरपालिका क्षेत्रका मानिसहरूले पर्जापट्टा पाउने दाबी विनय तामाङले गरेका छन्। तृणमूल कङ्ग्रेस समर्थित स्वतन्त्र उम्मेदवार तामाङले सिङताम चियाकमानमा चुनाउ प्रचारअवधि यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘‘मैले चुनाउ जित्नका लागि ढाँटेको होइन। सत्य भनेको हुँ। बरु 21 महिनाभन्दा कम्ती समय लाग्न सक्छ, तर त्योभन्दा धेरै समय लाग्ने छैन।’’ तामाङ आज दार्जीलिङ सदर 1 समष्टिअन्तर्गत हिमाली गाउँ, मिलन बस्ती, सुवास ग्राम, गुरुङ गाउँ, रामलाल धुरा, रघुवीर धुरा, बघैंचा धुरा महत धुरालगायत सिङताम चियाकमानका विभिन्न क्षेत्रमा चुनाउ प्रचार गर्दै पुगेका थिए।

आफ्नो चुनाउ  प्रचारअवधि पर्जापट्टा प्रदानका लागि बनाइएको रिभ्यु कमिटीमा बङ्गालका 3 जनामन्त्रीसँग आफू रहेको जनाउँदै 5 डेसिमल होइन कमाउँदै आएको सम्पूर्ण जमिनकै पर्जा पट्टा ‘वान टाइम सेमलमेन्ट’ प्राप्त हुने ठोकुवा गरे।

अर्कोतिर गोजमुमोले जनतालाई झूटो आश्वासन दिएर तथा सहानुभूतिको भरमा भोट नमाग्ने विनयले दाबी गरे। साथै घोषणा-पत्रमा आफूले गर्नसक्ने कार्यहरूको मात्र उल्लेख गरेको र तीमध्ये 50 प्रतिशत मुद्दाहरूको समाधानको पहल चुनाउअघि गरिसकेको ठोकुवा गरे।

‘’21 महिनाभित्र घोषणा-पत्रमा उल्लेक गरिएका सबै मुद्दाको समाधान शतप्रतिशत गर्नेछु’’, उनले दाबी गरे। उनले पहाड़मा हिंसाको राजनीति बन्द गरिनुपर्ने कुरामा पनि जोड़ दिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here