शाहले पाएनन् बङ्गालमा रोड शोको अनुमति, हेलिकप्टरको ल्यान्डिङमा पनि रोक

0
1094
भाजपा अध्यक्ष अमित शाह (फाइल फोटो)।

नयाँदिल्ली, १३ मई : भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष अमित शाहलाई पश्चिम बङ्गालको जाधवपुरमा रोड शो गर्ने अनुमति प्राप्त भएन। यसका साथै उनको हेलिकप्टरलाई पनि ल्यान्ड गर्ने अनुमति दिएन। शाहले आज १२.३० बजे जाधवपुरमा रोड शो गर्ने कार्यक्रम थियो।

लोकसभा चुनाउको अन्तिम अर्थात् सातौं चरणको मतदान आगामी १९ मईको दिन हुनेछ। यसैले सबै पार्टीले आफ्नो सम्पूर्ण शक्ति चुनाउ प्रचारमा खर्चिने तयारी गरिरहेका छन्।

यसैबीच ममता ब्यानर्जीले भाजपाको बाटोमा अड़चन सिर्जना गर्ने कार्यलाई जारी राखेकी छन्। ममता ब्यानर्जीले यसभन्दा अघि पनि भाजपा नेताहरूको सुरक्षाको कारण देखाउँदै पश्चिम बङ्गालमा रोड शो गर्ने र हेलिकप्टर ल्यान्डिङ गर्ने अनुमति दिन अस्वीकार गरेकी थिइन्।

यसभन्दा अघि २२ फरवरीको दिन पनि ममताले अमित शाहको मालदामा आयोजित ऱ्यालीअवधि उनको हेलिकप्टर ल्यान्डिङमाथि रोक लगाएकी थिइन्। त्यसपछि भाजपाले ममता सरकारमाथि प्रशासनिक शक्तिहरूको दुरुपयोगको आरोप लगाएको थियो।

उल्लेखनीय, अमित शाहले आज पश्चिम बङ्गालका तीनवटा स्थानमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। उनको पहिलो ऱ्याली आज बिहान जयनगरमा तय थियो, त्यसपछि जाधवपुर र बरासत लोकसभा सीटमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here