लोकसभा र विधानसभामध्ये कुनै एउटा चुनाउ हारे पनि राजनीतिबाट संन्यास लिनेछु : विनय

0
1017
पार्टीमा सामेल भएकाहरूलाई झण्डा प्रदान गर्दै विनय तामाङ।

दार्जीलिङ, १६ मई : तृणमूल कङ्ग्रेस समर्थित स्वतन्त्र उम्मेदवार विनय तामाङले लोकसभा र विधानसभा दुइवटा चुनाउ जित्ने दाबी गरेका छन्। यदि यी दुई चुनाउमध्ये कुनै एउटा चुनाउ हारेको खण्डमा पनि राजनीतिबाट संन्यास लिने तामाङको ठोकुवा छ।

बुधबार डाली-ब्लुमफिल्डअन्तर्गत मोदी धुरामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै विनयले यस्तो दाबी गरेका हुन्। अर्कोतिर उनले गोजमुमो (विनयपन्थी)-का समर्थकहरूलाई गोरामुमोले धम्काउने कार्य गरिरहेको आरोप पनि लगाए।

तामाङले भने, “तृणमूल कङ्ग्रेस राज्यको सत्तासीन दल हो। पहाड़मा हामी गोजमुमो सत्तासीन र शक्तिशाली छौं। तर, हामीले कसैलाई धम्काउने काम गरेका छैनौं। जो कमजोर छ, उसैले धम्की दिइरहेको छ। यो राम्रो होइन। आफूले मन परेका नेताको भाषण सुन्नु, मन परेका नेतालाई भोट हाल्नु तपाईंहरूको गणतान्त्रिक अधिकार हो। हामी यसमा केही भन्दैनौं। तर, गाउँ घरमा अशान्ति गर्नु, धम्की दिनु राम्रो होइन। यस्तो संस्कार त्याग्नु पर्छ।”

बुधबार  ऋषिहाट चियाकमानबाट २२ घर गोरामुमो समर्थक विनयपन्थी गोजमुमोमा सामेल भएको दाबी गरिएको छ। त्यस्तै आर्य चियाकमानबाट ८ घर गोरामुमो समर्थक विनयपन्थी गोजमुमोमा सामेल भएको बताइएको छ। हिजो विनयले उक्त समष्टिअन्तर्गतका विभिन्न गाउँमा चुनाउ प्रचार गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here