सनी देओललाई चुनाउ आयोगको नोटिस

0
1111
भाजपा उम्मेदवार सनी देओल (फाइल फोटो)।

चण्डीगढ़, 18 मई : पञ्जाबको गुरदासपुर लोकसभा सीटका भाजपा उम्मेदवार सनी देओल समस्यामा परेका छन्। आदर्श आचार संहिताको कथित रूपले उल्लङ्घन गरेको भन्दै उनलाई चुनाउ आयोगले नोटिस जारी गरेको छ।

चुनाउ अधिकारीहरूले चुनाउ प्रचार बन्द भएपछि शुक्रबार राति पठानकोटमा देओलको जनसभालाई गम्भीर रूपले संज्ञान लिएका छन्।

सभामा लाउड स्पीकर प्रयोग गरिएको चुनाउ अधिकारीहरूले पाएको बताइएको छ। जानकारीका अनुसार उक्त सभा करिब 200 मानिस उपस्थित थिए। जतिबेला सनी देओलले पठानकोटमा सभा गरिरहेका थिए, त्यसबेलासम्म गुरदासपुरमा चुनाउ प्रचार समाप्त भएको थियो।

नोटिसमा चुनाउ प्रचार बन्द भएपछि पनि सभा गरी देओलले आदर्श आचार संहिताको उल्लङ्घन गरेको बताइएको छ।

उल्लेखनीय छ, गुरदासपुरमा भाजपा उम्मेदवार सनी देओल र कङ्ग्रेस उम्मेदवार सुनिल जाखड़बीच सोझो भिड़न्त छ। जाखड़ सिटिङ एमपी हुन्। पञ्जाबका सबै 13 लोकसभा सीटका लागि आइतबार मतदान हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here