बङ्गालमा हिंसा बढ़्दो, निर्मला सीतारमणले भनिन्-मतदान सकिएपछि तृणमूलले नरसंहार गर्नसक्छ

0
1807
भाजपा उम्मेदवारको तोड़फोड़ भएको वाहन (फोटो सौजन्य : इन्टरनेट)

कोलकाता, १९ मई : आइतबार लोकसभाको अन्तिम चरणको मतदानमा पनि बङ्गाल हिंसादेखि मुक्त रहेन। डायमन्ड हार्बरका भाजपा उम्मेदवार निलञ्जन रायको वाहनमा हमला भएको घटना प्रकाशमा आएको छ।

उल्लेखनीय छ बङ्गालमा पछिल्लो ६ चरणको मतदानअवधि पनि तृणमूल कङ्ग्रेस र भाजपा कार्यकर्ताहरूबीच हिंसक झड़प भएको थियो। जाधवपुर र बसिरहाटमा तृणमूल कार्यकर्ताहरूले भोटिङमा गड़बड़ी गरेको आरोप भाजपाले लगाएको छ।

यसैबीच हार निश्चित देखेपछि आतिएर तृणमूल कङ्ग्रेस कार्यकर्ताहरूले हिंसा गरिरहेको भाजपाले आरोप लगाएको छ। केन्द्रिय रक्षामन्त्री निर्मला सीतारमणले भनिन्, “आफ्नो पक्षमा मतदान नभएकोले चुनाउ सकिएपछि ममता ब्यानर्जीले राज्यमा नरसंहार गराउन सक्छिन्। बङ्गालकी मुख्यमन्त्रीले शुरुदेखि नै धम्की दिँदै आएकी छन्। यसैले मतदान सकिएपछि तृणमूलले नरसंहार गर्नसक्ने हामीलाई डर छ।” उनले चुनाउ आचार संहितासम्म केन्द्रिय बललाई बङ्गालमा नै राख्नुपर्ने माग गरेकी छन्।

तृणमूल कङ्ग्रेद्वारा गरिएको हिंसाविरुद्ध भाजपाका एक शीर्ष मण्डलले चुनाउ आयोगमा उजुरी गर्ने पनि उनको भनाइ छ। आज अन्तिम चरणको मतदानअन्तर्गत बङ्गालका ९ वटा लोकसभा सीटमा मतदान हुँदैछ।

जानकारीका अनुसार डायमन्ड हार्बर लोकसभा सीटका भाजपा उम्मेदवार निलाञ्जन रायको वाहनमाथि हमला भएको छ। क्षेत्रको डोङ्गरिया भन्ने ठाउँमा रायको वाहनमाथि हमला भएको हो।

जाधवपुरका भाजपा उम्मेदवार अनुपम हाजराले तृणमूलले धेरै बूथमा भोटिङ गड़बड़ी गरेको आरोप लगाएका छन्। साथै तृममूल कार्यकर्ताहरूले भाजपा कार्यकर्ताहरूलाई कुटपिट गरेको उनको आरोप छ। “तृणमूल कार्यकर्ताहरूले अनुहार लुगाले छोपेर फल्स् भोटि गरे’’,  हाजराले आरोप लगाए।

तृणमूल त्यागेर भाजपामा सामेल भएका अनुपम हाजराले बूथ नम्बर १५०/१३७ को भ्रमण गरेपछि यस्तो आरोप लगाएका हुन्। “अनुहार लुगाले छोपेर तृममूल कङ्ग्रेसका महिला कार्यकर्ताहरूले फल्स् भोट हालिरहेका छन्। उनीहरूलाई चिह्नित गर्न गाह्रो छ। जब मैले यसविरुद्ध आपत्ति जताए, उनीहरूले मतदान केन्द्रमा रड़ाको मच्चाए।”  उनले तृणमूल कार्यकर्ताहरूले भाजपाका मण्डल अध्यक्षलाई कुटपिट गरेको आरोप पनि लगाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here