नयाँ दिल्ली, २० मई : एक्जिट पोलमाथि प्रश्न गर्ने विपक्षीहरूलाई जम्मू-कश्मीरका पूर्व मुख्यमन्त्री एवं नेशनल कन्फ्रेन्स पार्टीका उपाध्यक्ष उमर अब्दुलाले टिभा च्यानल र सोशल मीडिया बन्द गरेर बस्ने सुझाएका छन्। अब्दुलाका अनुसार सबै एक्जिट पोलको रूझान (प्रारम्भिक प्रवृत्ति) गलत हुन सक्दैन।
आइतबार सातौं तथा अन्तिम चरणको सकिएलगत्तै एक्जिट पोलको रुझान र त्यसमाथि विपक्षी पार्टीहरूको प्रतिक्रियासम्बन्धमा उमर अब्दुल्लाले केही ट्वीट गरेका छन्।
उमर अब्दुल्लाले पहिलो ट्वीट आइतबार बेलुकी करिब ७ बजे गरेका हुन्। उनले यो ट्वीट गरो बेला केही एक्जिट पोलले स्थिति लगभग स्पष्ट देखाइसकेका थिए। उमर अब्दुल्लाले ट्वीट गरे, ‘सबै एक्जिट पोल गलत हुनसक्दैन। टिभी बन्द गर्ने र सोशल मीडिया लगआउट गर्ने समय आएको छ। यसपछि पनि जसलाई दुनियाँ अहिले पनि आफ्नै धुरीमाथि घुमिरहेको छ भन्ने लाग्छ, उनीहरूले २३ मईको दिन मतगणनालाई पर्खेर बसुन्।’
उनले दोस्रो ट्वीट राति करिब साढ़े नौ बजे गरे। यो ट्वीटमा त उनले उल्टै विपक्षीहरूमाथि तीखो व्यङ्ग्य कसेका छन्। उनले लेखेका छन्, ‘यदि तपाईंको एक्जिट पोल न्युज च्यानलको स्टुडियोमा देखिरहेको छैन भने तपाईंले अघिबाटै दर्शकहरूका लागि मैदान हारिसक्नु भएको छ।’ अर्थात् जुन राजनीतिक पार्टीहरूले एक्जिट पोलमा स्थान पाउन सकेनन् अथवा एकजिट पोलमा जीतको छेउछाउ पनि देखिएको छैन, उनीहरू दर्शकको नजरमा मतगणना अघि नै चुनावी मैदान हारिसकेका छन्।
उल्लेखनीय छ, आगामी २३ दिन लोकसभा चुनाउको मतगणना हुनेछ। बिहानैदेखि परिणामको रुझान प्राप्त हुनेछ भने राति अबेरसम्म सबै सीटको परिणाम आइसक्ने छ।