
कोलकाता, 20 मई : पश्चिम बङ्गाल माध्यमिक शिक्षा (डब्ल्यूबीबीएसई) बोर्डले भोलि अर्थात् 21 मई, 2019 को दिन माध्यमिक परीक्षाको परिणाम घोषणा गर्नेछ। बोर्डका अध्यक्ष डा. कल्याणमय गाङ्गुलीले बिहान 9 बजे पत्रकार सम्मेलन आयोजन गर्नेछन्। त्यसै पत्रकार सम्मेलनमा माध्यमिक परीक्षाको रिजल्ट घोषणा गरिनेछ।
पत्रकार सम्मेलनपछि बिहान 10 बजे बोर्डको अफिशियल वेबसाइटमा रिजल्ट जारी गरिनेछ। भोलि नै माध्यमिक परीक्षा लेखेका विद्यार्थीहरूले आ-आफ्नो मार्क सीट र सर्टिफिकेट पाउनेछन्।
बोर्डका अनुसार विद्यार्थीहरूले www.wbbse.org www.wbresults.nic.in मा आ-आफ्नो रिजल्ट हेर्न सक्नेछन्। यी दुवैवटा वेबसाइट पश्चिम बङ्गाल माध्यमिक शिक्षा (डब्ल्यूबीबीएसई) बोर्डको अफिशियल वेबसाइट हुन्।
यसबाहेक www.exametc.com, www.indiaresults.com, www.schools9.com, www.vidyavision.com यी वेबसाइटहरूमा पनि विद्यार्थीहरूले आफ्नो रिजल्ट जाँच गर्नसक्नेछन्।
यसका साथै Madhyamik Results 2019 एप डाउनलोड गरेर मोबाइलमा पनि रिजल्ट हेर्नसकिनेछ। यो एप गुगल प्लेस्टोरबाट डाउनलोड गर्नपर्नेछ।
यसवर्ष माध्यमिक परीक्षा 12 देखि 22 फरवरीसम्म सम्पन्न भएको थियो, जसमा करिब 10 लाख विद्यार्थीहरूले परीक्षा लेखेका थिए। पछिल्लो वर्षको तुलनामा यसवर्ष माध्यमिक परीक्षाको रिजल्ट 15 दिन अघि नै घोषणा गरिँदैछ। पछिल्लो वर्ष 6 जूनमा रिजल्ट घोषणा गरिएको छ।