सरकारी जमिन बेचेको आरोपमा दुई पक्राउ

0
1124
साङ्केतिक तस्वीर।

सिलगढ़ी, 22 मई : सिलगढ़ी पुलिस कमिश्नरेटको डिटेक्टिभ डिपार्टमेन्ट (डीडी) –ले सोमबार राति सरकारी जमिन बेचेको आरोपमा दुई भू-माफिया बब्लु भवाल उर्फ मिण्टु र राजेश साहलाई पक्राउ गरेको छ। जानकारीका अनुसार दुवैलाई चम्पासरी मोडबाट पक्राउ गरिएको हो।

दुवै आरोपीलाई मङ्गलबार सिलगढ़ी अदालतमा उभ्याइयो। अदालतले दुवैली तीन दिनको हिरासतमा राख्ने आदेश सुनाएको छ।

डीडी सूत्रका अनुसार यी दुवै भू-माफियामाथि रेगुलेटेड मार्केटस्थित तीन बिघा सरकारी जमिनलाई अवैध रूपमा बेचेर मार्केट कम्प्लेक्स बनाएको आरोप लागेको थियो। यो मामिलाका मूल आरोपीलाई अघिबाटै पक्राउ गरिएको बताइएको छ। मूल आरोपीसँग केरकारमा बब्लु भवाल र राजेश साहको नामअघि आएको हो। केही दिनअघिदेखि डीडीले दुवै आरोपीलाई खोजिरहेको थियो।

उल्लेखनीय छ, यो मामिलामा अहिलेसम्म दशभन्दा अधिक भू-माफिया पक्रा परिसकेका छन्। जसमध्ये धेरै जमानतमा जेलमुक्त बनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here