हार स्वीकार्दै विनय तामाङले भने –आम जनताले दिएको जनमतलाई म सम्मान गर्छु

0
1153
विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ,  २३ मई : लोकसभा र विधानसभाको उपचुनाउमा दार्जीलिङ पहाड़का जनताले भारतीय जनता पार्टीको पक्षमा दिएको जनमतलाई स्वीकार र सम्मान गर्ने विनय तामाङले बताएका छन्। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष एवं विधानसभा उपचुनाउमा पराजित भएका तामाङले आफ्नो हार स्वीकार्दै लोकसभाका विजयी उम्मेदवार राजु विष्ट र विधानसभाका विजयी उम्मेदवार नीरज जिम्बालाई बधाई पनि दिएका छन्।

तामाङले विष्ट र जिम्बालाई मात्र होइन, तर भाजपालाई पनि बधाई दिएका छन्। यसका साथै राजु विष्ट र नीरज जिम्बाले दार्जीलिङ पहाड़का लागि राम्रो कार्य गर्ने विश्वास व्यक्त गरे।

विनयले आगामी दुई चारभित्र पार्टीको केन्द्रिय कमिटीको सभा आयोजन गरी आउँदो कार्यक्रम तय गर्ने बताए। विनयले तृणमूल कङ्ग्रेससँगको गठबन्धन र राज्य सरकारसँगको सम्बन्ध यथावत रहने बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here