कोलकाता, 25 मई : लोकसभा चुनाउमा खराब प्रदर्शनपछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिबार पहिलोपटक पत्रकारहरूलाई सम्बोधन गरिन्। यसभन्दा अघि उनले पार्टीको आपत बैठक गरेकी थिइन्
पत्रकार सम्मेलनमा उनले भनिन्, ‘‘म मुख्यमन्त्री पदमा बसेर लगातार काम गर्न चाहन्थिनँ। यसबारे मैले 6 महिनाअघि नै पार्टीलाई आफ्नो निर्णय सुनाइसकेको थिए। म शक्ति नै नभएको मुख्यमन्त्री थिए। म यसलाई स्वीकार गर्नसक्दैन।’’
उनले थप भनिन्, मुख्यमन्त्रीको रूपमा म अघि बढ़न चाहन्न। मुख्यमन्त्रीको पदभन्दा मेरा लागि पार्टीको चिह्न ठूलो कुरा हो।’’
उल्लेखनीय छ, यसपटकको लोकसभा चुनाउमा तृणमूल कङ्ग्रेसले खराब प्रदर्शन गऱ्यो, जबकि चिरप्रतिद्वन्द्वी भारतीय जनताले पार्टीले नसोचेको प्रदर्शन गरेको छ। राज्यमा भाजपाको बढ़्दो प्रभाव र प्रदर्शनले तृणमूल कङ्ग्रेसमा ठूलो डर सिर्जना गरेको छ।
पत्रकार सम्मेलनमा उनले चुनाउको निष्पक्षतामाथि पनि पुनः प्रश्न उठाइन्। साथै केन्द्रिय सुरक्षा बलले भाजपालाई सहयोग गरेको आरोप लगाइन्।
‘‘भाजपाले 543 सीटमध्ये 303 सीटमा जीत दर्ता गऱ्यो, जबकि एनडीएले 352 सीट प्राप्त गऱ्यो’’, ममताले थपिन्, ‘‘म यसलाई स्वीकार्न सक्दिनँ। भाजपाले, राजस्थान, गुजरात र हरियाणामा यति धेरै सीट कसरी जित्न सक्छ। मानिसहरू बोल्न डराइरहेका छन्, तर म डराउने छुइनँ।’’
स्मरणरहोस्, राज्यका 42 लोकसभा सीटमध्ये भाजपाले 18 सीटमा जीत दर्ता गऱ्यो, जबकि सत्तारूढ़ तृणमूल कङ्ग्रेस 23 सीटमा खुम्चियो। यसभन्दा अघि 2014 को लोकसभा सीटमा तृणमूल कङ्ग्रेसले 36 सीट जितेको थियो भने भाजपाको खातामा दार्जीलिङ र आसनसोल गरी दुई सीट जितेको थियो।