
कोलकाता, 26 मई : पश्चिम बङ्गाल उच्चतर माध्यमिक शिक्षा परिषद् (डब्ल्यूबीसीएचएसई) –ले भोलि अर्थात् 27 मई सोमबारको दिन परिक्षाफल घोषणा गर्नेछ।
परिषद्ले भोलि 10 बजे पत्रकार सम्मेलन आयोजन गरी परीक्षाफल घोषणा गरिने बताइएको छ। परिषदका अनुसार उच्चमाध्यमिक परीक्षा लेखेका विद्यार्थीहरूले 11 बजेसम्म वेबसाइट, एसएमएस, मोबाइल एपमार्फत आफ्नो रिजल्ट हेर्नसक्नेछन्।
रिजल्ट wbresults.nic.in र wbchse.nic.in जस्ता आधिकारिक वेबसाइट मात्र हेर्नसक्नेछन्। रिजल्टको घोषणा भएपछि परीक्षार्थीहरूले भोलि नै मार्कसीट र सर्टिफिकेट प्राप्त गर्न सक्नेछन्। उल्लेखनीय छ, यसवर्ष उच्च माध्यमिक परीक्षा 26 फरवरीदेखि 13 मार्चसम्म सम्पन्न भएको थियो। यसवर्ष 78 दिनपछि परीक्षाफल घोषणा गरिँदैछ। यसपालि 8.05 लाख विद्यार्थीले उच्च माध्यमिक परीक्षामा लेखेका छन्।