कोलकाता, 27 मई :पश्चिम बङ्गाल काउन्सिल अव् हायर सेकेन्डरी एजुकेशन (डब्ल्यूबीसीएचएसई) –ले सोमबार उच्चमाध्यमिक परीक्षा 2019 को परिणाम जारी गऱ्यो। बिहान 10 बजे पत्रकार सम्मेलन आयोजन गरी परिषद्ले परीक्षाफल सार्वजनिक गरेको हो।
परीक्षार्थीहरूले परिषद्को आधिकारिक वेबसाइट wbresults.nic.in र wbbse.org-मा आफ्नो रिजल्ट हेर्नसक्नेछन्।
यसबाहेक विद्यार्थीहरूले 8.05 लाख विद्यार्थीले परीक्षा लेखेका थिए, जसमध्ये 86.92 विद्यार्थी उत्तीर्ण भएका छन्। यसवर्ष छात्रको तुलनामा छात्राहरू बढ़ी उत्तीर्ण भएका छन्। यसवर्षको उच्च माध्यमिक परीक्षामा सोभन मण्डल र राजश्री वर्मन संयुक्त रूपले टप्पर भएका छन्। दुवैले कुल 500 अङ्कमा समान 498 अङ्क ल्याएका छन्। सोभन र राजश्री दुवै साइन्सका विद्यार्थीहरू हुन्।
त्यस्तै दोस्रो स्थानमा संयुक्त रूपले 6 जना विद्यार्थी छन्। जसमध्ये संयुक्ता बसु पनि छन्। दोस्रो स्थान ओगट्ने 6 परीक्षार्थीहरूले समान 496 अङ्क प्राप्त गरेका छन्। दोस्रो स्थान ओगट्ने संयुक्ता उच्चमाध्यमिकमा उच्च स्थान प्राप्त गर्ने पहिलो छात्रा हुन्।
अर्कोतिर उच्चमाध्यमिकमा पूर्व मेदिनापुर जिल्लाले सबैभन्दा राम्रो परिणाम प्राप्त गरेको छ। दोस्रो स्थानमा कोलकाता र तेस्रो स्थानमा पश्चिम मेदिनापुर रहेका छन्।