कोलकाता, २७ मई : कोलकाता पुलिसका पूर्व आयुक्त राजीव कुमार सोमबार केरकारका लागि सीबीआई अधिकारीहरूअघि उपस्थित भएनन्। शारदा चिटफण्ड घोटालाका साक्ष्यहरू मेटाएको आरोप खपिरहेका राजीव कुमारलाई आज उपस्थित हुनका लागि सीबीआईले समन जारी गरेको थियो।
यद्यपि उनी आज उपस्थित भएनन्। आरोपी कुमारले सीबीआईलाई एक पत्र पठाएर उपस्थित हुनका लागि समय मागेका छन्।
आज सीआईडीका एक अधिकारी साल्टलेक सिटीमा सीबीआई कार्यालय पुगेर कुमारले पठाएको पत्र सीबीआई अधिकारीहरूलाई पत्र सुम्पिए। पत्रमा आफू तीन दिनको छुट्टीमा रहेकोले आज उपस्थित हुननसक्ने उनले बताएका छन्
सीबीआईले आइतबार यी आईपीएस अधिकारीलाई सोमबार एजेन्सीको सल्टलेक कार्यालयमा उपस्थित हुनका लागि समन जारी गरेको थियो। यसका साथै देशबाहिर जान नसकोस् भनी राजीव कुमारविरुद्ध लुकआउट नोटिस पनि जारी गरिएको छ।