नयाँदिल्ली, २९ मई : तृणमूल कङ्ग्रेसका विधायक मनिरुल इस्लाम बुधवार भाजपामा सामेल भएका छन्। यी तृणमूल विधायकसँगै धेरै मात्रमा तृणमूल कार्यकर्ताहरू सामेल भएका छन्, जसमा पूर्व गधाधर हाजरा, मोहम्मद आसिफ इकबाल र निमाई दास पनि भाजपामा सामेल भएका छन्।
लोकसभा चुनाउमा भाजपाले १८ सीटमा जीत दर्ता गरेपछि तृणमूल नेताहरू भाजपामा सामेल हुने क्रम जारी छ। बुधबार पार्टीको दिल्लीस्थित मुख्यालयमा भाजपाका केन्द्रिय प्रभारी कैलाश विजयवर्गीय र भाजपा नेता मुकुल रायको उपस्थितिमा वीरभूम जिल्लाका लाभपुर समष्टिका विधायक मणिरुल इस्लाम, पूर्व विधायक गदाधर हाजरा, तृणमूल कङ्ग्रेसका वीरभूम जिल्लाका मोहम्मद यासिफ इकबाल एवं निमाइ दास भाजपामा सामेल भएका छन्।
संवाददाता सम्मेलनमा बोल्दै बङ्गालका भाजपा नेता मुकुल रायले बोलपुर सीटमा तृणमूल कङ्ग्रेसको धाँधलीको कारण भाजपा चुनाउ हारेको बताए। यद्यपि त्यहाँका जनता भाजपाको साथमा रहेको उनको दाबी छ। “आजको घटनाले राज्यको अल्पसङ्ख्यक पनि भाजपाको साथमा रहेको प्रमाणित हुन्छ”, मुकुलले भने। अर्कोतिर कैलाश विजयवर्गीयले बङ्गालमा राजनीतिक आतङ्क चलिरहेको बताए।