बीपी बजगाइँहरूको पक्राउ अगणतान्त्रिक र गैरकानुनी : जीएनडब्ल्यूओ

0
1395
दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधन गर्दै जीएनडब्ल्यूओका नेतृहरू।

दार्जीलिङ, ३० मई : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को नारी एकाइ गोर्खा राष्ट्रिय नारी सङ्गठन (जीएनडब्ल्यूओ)-ले  विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का प्रवक्ता बीपी बजगाइँलाई दार्जीलिङ पुलिसले पक्राउ गरेको घटनालाई तीखो शब्दमा निन्दा गरेको छ।

जीएनडब्ल्यूओले बजहगाइँहरूको पक्राउलाई अगणतान्त्रिक र गैरकानुनी बताएको छ। जेएनडब्ल्यूओ नेतृ मणिकला तामाङले पुलिस प्रशासनलाई अनैतिक र गैरकानुनी कारबाही गरी जनतामा भय र त्रास नफैलाउने अपील गरेकी छन्।

“बीपी बजगाइँको कुनै दोष छ जस्तो हामीलाई लाग्दैन। अविश्वास प्रस्तावमा आउन पाउने उनको अधिकार हो”, तामाङले थप भनेकी छन्, “हिजो दार्जीलिङमा जुन घटना घट्यो, त्यो अनैतिक र अगणतान्त्रिक भएको छ।”

जीएनडब्ल्यूओ नेतृ मणिकला तामाङले थप भनेकी छन्, “गणतान्त्रिक देशमा प्रत्येक नागरिकले बोल्न पाउँछन्। चुनाउ उठ्न पाउँछन्। चुनाउ जितेका कुनै जनप्रतिनिधिले आफ्ना जनताको आकांक्षा पूरा गर्न नसकेको खण्डमा ती प्रतिनिधिले पार्टीबाट राजीनामा दिएर अर्को पार्टीमा सामेल हुन पनि सक्छन्। यो एउटा संवैधानिक अधिकार हो। यसरी नै हिजो दार्जीलिङ नगरपालिकाका १७ जना नगरपार्षद्ले आफ्नो गुट बनाएर अविश्वास प्रस्ताव नगरपालिका अध्यक्षलाई बुझाएर फर्किँदा बाटोमा गोजमुमोका प्रवक्ता बीपी बजगाइँलाई पुलिसले पक्राउ गऱ्यो।”

उनले यो पक्राउलाई अगणतान्त्रिक बताउँदै जीएनडब्ल्यूओले घोर विरोध जनाउने बताएकी छन्। साथै पहाड़मा शान्ति शृङ्खला बनाइराख्ने पार्टी अध्यक्षको निर्देशलाई पालन गरी दुई दुईवटा ठूलो मतान्तरले जितेर पनि आफूहरू विजयी उत्सव नमनाइ शान्तिसँग बसिरहेको पनि बताएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here