बङ्गालमा फेरि भाजपा कार्यकर्ताको हत्या

0
1336
साङ्केतिक फोटो।

कोलकाता, 31 मई  : पश्चिम बङ्गालमा राजनीतिक हत्याको क्रम रोकिने कुनै छाँट छैन। लोकसभा चुनाउअवधि बङ्गालमा सक्दो हिंसा बएको थियो। चुनाउ परिणामपछि बिहीबार नरेन्द्र मोदीको शपथ ग्रहण समारोह शुरु हुनभन्दा केही घण्टाअघि बङ्गालमा भाजपाका कार्यकर्ताको निर्मम हत्या भएको छ।

यो घटना बर्धमान जिल्लाको केतुग्राम थानाअन्तर्गत पाण्डु ग्राम पञ्चायत क्षेत्रमा भएको हो। हत्याको यो घटना बिहीबार अपराह्न भएको हो। भाजपा कार्यकर्ता सुशील मण्डल (52) –को भुँड़ीमा छुरी रोपेर हत्या गरिएको छ। सुशील मण्डलकी पत्नीले यो हत्याविरुद्ध स्थानीय थानामा प्राथमिकी दर्ता गरेकी छन्।

मृतक भाजपा नेताकी पत्नीको दाबीका अनुसार जय श्री रामको नारा लगाएकोले आक्रोशित तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले उसको पतिको हत्या गरेका हुन्। लोकसभा चुनाउको रिजल्टपछि अहिलेसम्म पाँचजना भाजपा कार्यकर्ताको हत्या भइसकेको छ। यी पाँचैजनाको हत्या तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले गरेको भाजपाको आरोप छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here