ममतालाई झट्कापछि झट्का, सब्यसाची रोयसहित 50 तृणमूल कार्यकर्ता भाजपामा

0
1436
तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जी (फाइल फोटो)।

कोलकाता, 3 मई : पश्चिम बङ्गालमा ममता ब्यानर्जीलाई अर्को झट्का लागेको छ। तृणमूल कङ्ग्रेसका जिल्ला उपाध्यक्ष सब्यसाची रोय भाजपामा सामेल भएका छन्।

बाँकुराका नवनिर्वाचित सांसद एवं भाजपा उपाध्यक्ष डा. सुभाष सरकारको उपस्थितिमा सब्यसाची रोयले तृणमूल त्यागेर भाजपाको झण्डा समातेका हुन्। बाँकुराको एक होटेलमा सम्पन्न कार्यक्रमबीच सब्यसाची रोयसँग उकिल अरुण शिट र अन्य 50 तृणमूल कार्यकर्ताहरू भाजपामा भएका हुन्।

उल्लेखनीय छ, पछिल्लो लोकसभा चुनाउमा भाजपाले राम्रो प्रदर्शन गरेपछि तृणमूल कङ्ग्रेस त्यागेर भाजपामा सामेल हुनेहरूको ताँती लागेजस्तो भएको छ।

“म सत्ताका लागि भाजपामा सामेल भएको होइन। तर, सबैको साथ सबैको विकासको भिजनका लागि यो पार्टीमा एको हुँ”, सब्यसाची रोयले भने।

लोकसभा चुनाउको परिणाममा भाजपा राज्यमा बढ़्दो शक्तिमा रूपान्तर भएलगत्तै बङ्गालको राजनीतिमा राजनीति हलचल मच्चिएको छ। तृणमूलका धेरै ठूला नेता पार्टी त्यागेर भाजपामा सामेल भइसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here