‘जय श्रीराम’-पछि अब भाजपाले ममतालाई ‘गेट वेल सून’ कार्ड पठाउने

0
1651
केन्द्रिय मन्त्री बाबुल सुप्रियो (फोटो एएनआई ट्वीटर)

कोलकाता, ३ मई : भाजपाले ‘जय श्रीराम’ लेखिएका १० लाख पोस्टकार्डपछि अब ‘गेट वेल सून’ लेखिएको पोस्टकार्ड पठाउने तयारी शुरु गरेको छ। अघिबाटै बङ्गालमा जय श्रीरामको नारामा राजनीतिक द्वन्द्व चर्किरहेको छ।

जय श्रीरामकै नाराले तृणमूल सुप्रिमो ममता ब्यानर्जीले आफ्नो धैर्य गुमाएका घटनाहरू पनि छापामा आइसकेको छ। चारैतिरबाट ममता घेर्ने रणनीति बनाएको भाजपाले अब गेट वेल सून लेखिएको पोस्टकार्ड पठाउने निर्णय गरेको हो।

केन्द्रिय मन्त्री बाबुल सुप्रियोले भने, “पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी एक नुभवी नेता हुन्। तर, राज्यमा ‘जय श्रीराम’-को नारामाथि उनको व्यवहार असामान्य र अनौठो छ। पश्चिम बङ्गालमा भाजपाको प्रदर्शन मुख्यमन्त्री ममता ब्यानर्जी विचलित भएकी छन्। उनले केही दिनका लागि ब्रेक लिनपर्नेछ।”

मन्त्री सुप्रियोका अनुसार उनको संसदीय क्षेत्र आसनसोलका मानिसहरूले गेट वेल सून लेखेर पोस्टकार्ड पठाउनेछन्। उनले ममता जुन पदमा छिन्, त्यो पदको गरिमालाई ध्यान राख्नुपर्ने सुझाएका छन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here