दमदममा तृणमूल कार्यकर्ताको हत्या

0
1464
तृणमूल कार्यकर्ताको हत्यापछि तैनाथ पुलिसकर्मी। (फाटो एएनआई ट्वीटर)

कोलकाता, ५ जून : दमदममा अज्ञात हमलाकारीहरूले तृणमूल कार्यकर्ताको गोली ठोकी हत्या गरेको घटनाले राज्यमा राजनीतिक हिलोछेपाइ पुनः चरममा पुगेको छ। जानकारीका अनुसार बाइकमा आएका तीन अज्ञात हमलाकारीले मङ्गलबार राति तृणमूल कार्यकर्ता निर्मल कुण्डुलाई गोली ठोकेर हत्या गरेका हुन्।

कुण्डुलाई तत्कालै अस्पताल पुऱ्याइएको थियो, जहाँ उनको मृत्यु भयो। तृणमूल कङ्ग्रेसले आफ्ना कार्यकर्ता कुण्डुको हत्यामा भाजपाको हात रहेको आरोप लगाएको छ।

मृतक कुण्डु दमदम नगरपालिकाको वार्ड नम्बर -६ का तृणमूल अध्यक्ष थिए। उल्लेखनीय छ, यहाँ पछिल्लो लोकसभा चुनाउमा पनि तृणमूल-भाजपाबीच हिंसात्मक झड़पका घटनाहरू प्रकाश आएका थिए।

उल्लेखनीय छ, लोकसभा चुनाउअवधि बङ्गालमा हिंसाका धेरै घटना प्रकाशमा आएको थियो। चुनाउ परिणामपछि पनि राज्यमा हिंसा रोकिने कुनै छाँट देखिएको छैन। केही दिनअघि एकपछि अर्को गरी भाजपाका कार्यकर्ताहरूको हत्याका घटनाहरू प्रकाशमा आएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here