महारानी स्कूलमा विश्व पर्यावरण दिवस पालन, विद्यार्थीहरूले निकाले सचेतना ऱ्याली

0
1616
वृक्ष रोप्दै महारानीका विद्यार्थीहरू।

दार्जीलिङ, ५ जून : स्थानीय महारानी कन्या उच्चतर माध्यमिक विद्यालयको नेचर्स क्लबले महेश्वरी सखी मण्डल र वनविभाग दार्जीलिङको सहकार्यमा  बुधबार विश्व पर्यावरण दिवस पालन गऱ्यो। यसअवसरमा विद्यालयको नेचर्स क्लबका सदस्यहरूले विद्यालयको खाली स्थानमा विभिन्न प्रजातिका १०० बिरुवा रोप्नका साथै विद्यालय परिसरदेखि स्थानीय रेलवे स्टेशनसम्म पर्यावरण सचेतना ऱ्याली पनि निकालेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले पर्यावरण सचेतनासम्बन्धि नाटक, कविता र गीत प्रस्तुत गरेका थिए भने पर्यावरण संरक्षणका लागि र यसको दोहनविरुद्ध लड़्ने सङ्कल्प लिए। यो कार्यक्रममा दार्जीलिङ वन विभागका रेञ्जर ललित कुमार ठाकुर र समाजसेवी एवं टर्नबुल उच्चतर माध्यमिक विद्यालयका शिक्षक डम्बर शिवाकोटीलगयात महेश्वरी सखी मण्डलका सदस्यहरू विशेष रूपले उपस्थित थिए।

कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यार्थीहरूलाई पर्यावरण संरक्षणको महत्त्व र आवश्यकता तथा यसको प्रदूषणबाट जीवन र जगतलाई हुने हानिबारे बुझाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here