हारबारे आत्मालोचना गर्दै विनयपन्थी युवा मोर्चा

0
1706
सभालाई सम्बोधन गर्दै युवा मोर्चा महासचिव अमिर बस्नेत।

कालेबुङ, 5 जून : बुधवार विनय तामाङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चा (गोजमुमो) कालेबुङ जिल्ला समितिको साङ्गठनिक सभा सम्पन्न भयो। युवा मोर्चा कालेबुङ जिल्ला समितिका महासचिव अमिर बस्नेतले जानकारी गराएअनुसार उक्त सभा युवा मोर्चाको साङ्गठनिक विषयलाई लिएर राखिएको भए तापनि पछिल्लो लोकसभा चुनाउबारे समीक्षा पनि गरिएको थियो।

उनका अनुसार सभामा जिल्लाअन्तर्गतका 13 वटै समष्टिका सभापति-सचिव र जिल्ला समितिका पदाधिकारीहरू उपस्थित थिए। युवा नेता बस्नेतका अनुसार पछिल्लो लोकसभा चुनाउबारे पार्टीले समीक्षा गर्नका साथै साङ्गठनिक सुदृढ़ीकरणतर्फ पनि समीक्षा गर्ने कार्य गरिरहेको बताएका छन्।

“जनतासम्म जानका लागि हामीले कुन-कुन कुराहरूलाई प्राथमिकता दिनुपर्ने हो? हामी कहाँ चुक्यौं?  भन्ने कुराहरूमाथि हामीले आत्मालोचना गरिरहेका छौं। र तल्लो तहबाट हामीले सङ्गठनलाई दह्रो बनाउनका लागि तृणमूलस्तरका नेतृत्वहरूलाई बोलाएर के गर्दा सङ्गठनलाई अझै बलियो बनाउन सकिन्छ भन्ने कुराका सुझाउहरू पनि लिइरहेका छौं”, उनले भने।

बस्नेतले आजको सभालाई फलप्रद बताए। उनका अनुसार धेरै पदाधिकारीहरूले पार्टीका कमी कमजोरीलाई खुलेर अघि राखेका छौं। साथै ती पदाधिकारीहरूले जनताको हितका लागि गरिने जनमुखी कार्यतर्फ पार्टीको ध्यानाकर्षण गराउँदै राम्रा सुझाउहरू राखेको पनि बताए।

यी सुझाउहरूलाई पहिला कालेबुङ जिल्ला समितिमा राख्ने तथा उक्त समितिमा चर्चा परिचर्चा गरेपछि केन्द्रिय समितिमा पठाउने विनयपन्थी युवा मोर्चा कालेबुङ जिल्ला समितिका महासचिव अमिर बस्नेतको भनाइ छ। उनले केन्द्रिय समितिका आगामी कार्यक्रमबारे पनि सभामा उपस्थित सबैलाई जानकारी गराएको पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here