ममताले लगाइन् प्रतिबन्ध, बङ्गालमा भाजपाले अब विजय जुलूस निकाल्न नपाउने

0
2014
ममता ब्यानर्जी (फाइल फोटो)।

कोलकाता,  7 जून : राज्यकी मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीले भाजपालाई बङ्गालमा विजय जुलूस निकाल्न प्रतिबन्ध लगाएकी छन्। भाजपाले विजयी जुलूसको नाममा हिंसा फैलाएको आरोप लगाउँदै ममताले राज्यमा भाजपाको विजय जुलूसमाथि प्रतिबन्ध लगाएको बताएकी छन्।

यसका साथै यदि कसैले यो प्रतिबन्धलाई अटेरी गरी विजय जुलूस निकालेको खण्डमा कठोर कारबाही गर्ने पुलिसलाई निर्देश दिएकी छन्।

हिजो उत्तर 24 परगानामा हत्या भएका तृणमूल कार्यकर्ताको घर पुगेकी ममताले भनिन्, “भाजपाले विजय जुलूसको नाममा हुगली, बाँकुरा, पुरुलिया र मेदिनापुर जिल्लामा अव्यवस्था फैलिएको मैले सूचना पाएकी छु। अब एउटै पनि विजय जुलूस निस्कनेछैन।

लोकसभा चुनाउको रिजल्ट घोषणा भएको 10 दिनभन्दा अघि भएकोले विजय जुलूस निकाल्ने आवश्यकता नरहेको ममताको भनाइ छ। “यदि कुनै नेताले राज्यमा दङ्गाजस्ता स्थिति सिर्जना गर्ने कोशिश गरेको खण्डमा कानूनअनुसार कारबाही गर्ने तथा स्थितिबाट बिग्रिनबाट बचाउनका लागि कठोर कारबाही गर्नका लागि मैले पुलिसलाई निर्देश दिइसकेको छु”, मुख्यमन्त्रीले भनिन्।

हिजो सीआईडी र अन्य एजेन्सीका अधिकारीहरूसँग ममता निर्मुल कुण्डुको घर पुगिन्। मङ्गलवार राति 5-6 सङ्ख्याका अज्ञात बन्दुकदारीले गोली ठोकेर तृणमूल वार्ड अध्यक्ष कुण्डुको हत्या गरेका थिए। मुख्यमन्त्रीले कुण्डुका घर परिवारलाई मामिलाको गहन जाँच हुने र परिवारले अवश्यै न्याय पाउने पनि बताइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here