१७ नगरपार्षद् भाजपामा सामेल, दार्जीलिङ नगरपालिकामा भाजपाको कब्जा निश्चित

0
1692
शनिबार भाजपा सामेल भएका दार्जीलिङका 17 नगरपार्षद् (फोटो एएनआई ट्विटर)।

नयाँ दिल्ली, ८ जून : दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डविरुद्ध अविश्वासको प्रस्तावको माग गर्दै नगराध्यक्ष प्रतिभा तामाङ राईलाई ज्ञापन सुम्पिने १७ नगरपार्षद् शनिवार भाजपामा सामेल भएका छन्।

आज दिल्लीस्थित भाजपाको पार्टी मुख्यालयमा दार्जीलिङ नगरपालिकाकाका नगरपार्षद् नमन राईको नेतृत्वमा उनीहरू भाजपामा सामेल भएका हुन्।

यसअवसरमा भाजपाका बङ्गाल प्रभारी कैलाश विजयवर्गीय, दिग्गज नेता मुकुल रोय र दार्जीलिङका सांसद राजु विष्ट पनि विशेष रूपले उपस्थित थिए।

२९ मईको दिन दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डविरुद्ध अविश्वास प्रस्तावको माग गरेलगत्तै दार्जीलिङबाहिर थिए भने बुधवार उनीहरू दिल्ली पुगेका थिए।

यी १७ नगरपार्षद् आज भाजपामा सामेल भएलगत्तै दार्जीलिङ नगरपालिका अब भाजपाको कब्जामा हुने निश्चित भएको छ। जानकारीका अनुसार अब एक दुई दिनभित्रै उनीहरूले नगरपालिकामा कब्जा गर्न राजनीतिक कसरत शुरु गर्नेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here