कोलकाता, 11 जून : बङ्गालमा हिंसा दिन प्रतिदिन बढ़्दै गइरहेको छ। यसैबीच उत्तर 24 परगानाको काङ्कीनारामा देशी बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ, जबकि चारजना घाइते भएका छन्।
बम विस्फोटको घटनामा क्षेत्रमा तनाउको स्थिति सिर्जना भएको छ। स्थानीय मानिसहरूका अनुसार अज्ञात मानिसहरूले सोमबार राति देशी बम फ्याँके। जसको विस्फोटमा परी दुईजनाको मृत्यु भएको छ।
‘‘विस्फोटको घटनाले हामी धेरै डराएका छौं’’, स्थानीय मानिसहरूले भने। उनीहरूका अनुसार क्षेत्र लुटपाटका घटनाहरू पनि भएको स्थानीयहरू मानिसहरूको भनाइ छ। उनीहरूले प्रशासनसँग मद्दतको गुहार लगाइरहेका छन्।
अर्कोतिर एक आरएसएस र एक भाजपा कार्यकर्ताको शव रूखमा झुण्डिरहेको अवस्थामा प्राप्त भएपछि सनसनी फैलिएको छ। सोमबार हावडाको आमटास्थित सरपोटा गाउँमा भाजपा कार्यकर्ता समातुल दोलुइको शव रूखमा झुण्डिरहेको अवस्थामा प्राप्त भयो।
दोलुइको हत्या तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू गरेको आरोप भाजपाको छ। भाजपाका हावड़ा अध्यक्ष अनुपम मुलिकका अनुसार दोलुइ भाजपाका सक्रिय कार्यकर्ता थिए। साथै पछिल्लो लोकसभा चुनाउमा उनले आफ्नो बूथमा भाजपालाई जिताएका थिए।
‘जय श्रीराम’ ऱ्यालीमा सामेल भएको कारण दोलुइलाई लगातार धम्की प्राप्त भइरहेको थियो’’, भाजपा अध्यक्ष मुलिकले थपे, ‘चुनाउपछि तृणमूल कार्यकर्ताहरूले उनको घर पनि तोड़फोड़ गरेका थिए।