विमलपन्थी मोर्चाका कार्यकर्ता अजय खातीको घर कुड्की

0
1391
अजय खातीको घरबाट सम्पत्ति कुड्की गर्दै।

मिरिक, 12 जून :  बुधबार बिहानै मिरिकको प्रताप गाउँनिवासी अजय खातीको घर मिरिक पुलिसले कुड्की गरेको छ। खाती विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का कार्यकर्ता हुन्।

पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा हिंसात्मक कार्यमा सामेल भएको आरोपमा पुलिसले उनीविरुद्ध विभिन्न मुद्दा दर्ता गरेको छ। यसैले विमलपन्थी गोजयुमोका यी सक्रिय कार्यकर्ता अहिले भूमिगत अवस्थामा छन्।

मिरिक पुलिसका अनुसार आज अजय खातीको घरबाट टिभी, स्टोभ र फर्निचरआदि कुड्की गरिएको छ। न्यायालयको आदेशअनुसार आज उनको घर कुड़्की गरिएको पुलिसको भनाइ छ। एकदिन महिनाअघि यसबारे समन जारी गरिएको तथा मुद्दाहरूको सुनवाइका लागि न्यायालयमा उपस्थित नभएकै कारण विमलपन्थी गोजमुमो कार्यकर्ता अजय खातीको घर कुड्की गरिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here