बङ्गालमा हिंसा जारी, राज्यपाल त्रिपाठीले बोलाए आज सर्वदलीय बैठक

0
1482
बङ्गालमा हिंसा (फाइल फोटो)।

कोलकाता, १३ जून  : लोकसभा चुनाउपछि बङ्गालमा जारी हिंसालाई लिएर राज्यपाल केशरीनाथ त्रिपाठीले बिहीवार अपराह्न ४ बजे राजभवनमा एक सर्वदलीय बैठक बोलाएका छन्। जानकारीका अनुसान उक्त बैठकमा तृणमूल कङ्ग्रेसबाट पार्थ च्याटर्जी,, भाजपाबाट दिलीप घोष, मार्क्सवादी कम्युनिस्ट पार्टीबाट एसके मिश्रा र कङ्ग्रेसबाट एसएन मित्राले भाग लिनेछन्।

राज्यपालले बैठकबारे सबै राजनीतिक दललाई चिट्ठी पठाएर बैठकमा भाग लिने अनुरोध गरेका छन्। जानकारीका अनुसार बैठकमा राज्यमा भइरहेको हिंसा र कानून-व्यवस्थामाथि चर्चा गरिनेछ।

अर्कोतिर राज्यपालले बोलाएको सर्वदलीय बैठकलाई भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले स्वागत जनाएका छन्। साथै बैठकमा उपस्थित हुने बताएका छन्। उनका अनुसार राज्यले यस्तो पहल धेरै अघि नै गर्न पर्थ्यो।

यसैले मालदामा भाजपा कार्यकर्ता असित सिंहको हत्या भएको छ। पछिल्लो दुई दिनदेखि हराएका सिंहको शव बरामद भएको छ। सिंह शव घरकै केही टाढ़ा बरामद भएको हो।

उल्लेखनीय छ, हिजो पनि उत्तर २४ परगानामा एक भाजपा कार्यकर्ताको हत्या भएको मामिला प्रकाशमा आएको थियो।  भाजपाको जनाधार बढ़ेसँगै राज्यमा दिन प्रतिदिन हिंसाका घटनाहरू प्रकाशमा आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here