मिरिक, १४ जून : शुक्रबार मिरिक पुलिसले विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का दुई कार्यकर्ता आनन्द तामाङ र सुमत तामाङको घरका सम्पत्तिहरू कुड्की गरेको छ। पछिल्लो १९ जूनको दिन मात्र वार्ड नम्बर ७ निवासी अजय खातीको घरका सम्पत्तिहरू मिरिक पुलिसले कुड्की गरेको थियो।
आज रसदल गाउँनिवासी आनन्द तामाङ र सुमत तामाङको घरका सम्पत्तिहरू कुड्डी गरेपछि दुई दिनभित्र तीनजना विमलपन्थी मोर्चा कार्यकर्ता घर कुड्की भइसकेको छ। पुलिसले आनन्द र सुमतको घरबाट फर्निचरलगायत भान्साघरका सामग्रीहरू कुड्की गरिएको बताइएको छ।
यी दुईमाथि पछिल्लो गोर्खाल्याण्ड आन्दोलनअवधि हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न मुद्दा थोपिएको छ। यसैले यी दुवै मोर्चा कार्यकर्ता अहिले भूमिगत अवस्थामा छन्।
मिरिक पुलिसका अनुसार अदालतले दुवैलाई केही महिनाअघि समन पठाएको थियो, तर उनीहरू मुद्दाको सुनवाइका लागि अदालतमा भएनन्। त्यसैले अदालतकै आदेशमा आज उनीहरूको घर कुड्की गरिएको हो।