कोलकाता, १७ जून : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी ममता ब्यानर्जीअघि अर्को झमेला सिर्जना भएको छ। डाक्टरहरूपछि अब वेतन वृद्धिको मागमा शिक्षकहरू पनि सड़कमा आएका छन्।
सोमबार सल्टलेक क्षेत्रस्थित मयुख भवनद्वीपमा शिक्षक र पुलिसबीच झड़पसमेत भएको छ। एसएसके, एमएसके र एएसका शिक्षकहरू आज बिहान शिक्षामन्त्रीलाई भेट्न विकास भवन गइरहेका थिए।
वेतन वृद्धिको माग गरिरहेका यी शिक्षकहरूलाई मयुख भवनद्वीप जानबाट पुलिसले रोक्यो। ब्यारिकेट लगाएर बाटो छेकेको कारण आक्रोशित बनेका शिक्षकहरू र पुलिसबीच हातपात पनि भएको छ।
वास्तवमा ती शिक्षकहरू ब्यारिकेट तोड़ेर अघि बढ़्ने कोशिश गरेपछि पुलिससँग हातपात भएको हो। यसपछि त्यहाँको वातावरण केही घण्टा तनाउपूर्ण बनेको थियो।
उल्लेखनीय छ, राज्यका जुनियर डाक्टरहरू पछिल्लो ६ दिनदेखि हड़तालमा छन्।
यी डाक्टरहरूलाई समर्थन जनाउँदै राज्यका धेरैजना सनियर डाक्टरहरूले राजीनामा दिइसकेका छन्। जुनियर डाक्टरहरूको हड़ताल र सिनियर डाक्टरहरूको समर्थनले राज्यको स्वास्थ्य विभाग ‘कोमा’ पुगेको अवस्था सिर्जना भएको छ।