नयाँदिल्ली, 18 मई : पछिल्लो लोकसभा चुनाउपछि तृणमूल कङ्ग्रेस छोड़ेर भाजपामा सामेल हुनेहरूको सङ्ख्या बाक्लिएको छ। हिजो मात्र तृणमूल विधायक सुनिल सिंहसहित 12 नगरपार्षद् भाजपामा सामेल भएका थिए भने आज पनि बोनगाउँका तृणमूल कङ्ग्रेस विधायक विश्वजीत दाससँगै 12 नगरपार्षद्ले तृणमूल त्यागेर भाजपाको झण्डा समाते।
आज तृणमूल नेताहरू मात्र होइन, तर कङ्ग्रेस प्रवक्ता प्रसनजीत घोष पनि भाजपामा सामेल भएका छन्। आज दिल्लीस्थित भाजपामा मुख्यालयमा उनीहरू सबैले आज भाजपाको झण्डा समातेका हुन्। यसअवसरमा बङ्गालका भाजपा प्रभारी कैलाश विजयवर्गीय र दिग्गज नेता मुकुल राय विशेष रूपले उपस्थित थिए।