खरसाङ, 25 जून : कालेबुङ जिल्लाको मुङ्पेल बस्तीमा आइतबार भएको झोलुङ्गे पुल दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले पार्टीको पक्षबाट हार्दिक समवेदना प्रकट गर्नका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गुरुङले मुङ्पेल बस्ती पुल दुर्घटनाप्रति समवेदना प्रकट गरेका हुन्। उनले विज्ञप्तिमा लेखेका छन्, ‘आज पनि हाम्रो पहाड़का कतिपय स्थानहरूमा जनता आधारभूत सुविधाहरूदेखि कोशौं टाढ़ामा बाँच्नु बाध्य छन्। यस कुरालाई पूर्ण प्रजातान्त्रिक राजनीतिक स्थायित्वले मात्र समाधान गर्न सकिन्छ। पश्चिम बङ्गालमा पहाड़लाई केवल राज्यको भोटको औजारको रूपमा मात्र प्रयोग गरिएकोले पहाड़को विकास सम्भव नभएको हो।’
विमलले थप भनेका छन्, ‘मुङ्पेल झोलुङ्गे पुल दुर्घटना हाम्रो निम्ति दुखद अनि पीड़ादायक घटना मात्र नभएर हाम्रो अन्तरात्माको आवाज सुन्ने घटना पनि हो। यस्तो घटनाको दोषी हाम्रो पहाड़को गलत राजनीतिक संस्कार भएकोले हामी सबैले आ-आफ्नो दोषलाई पनि स्वीकार गर्न सक्नुपर्छ। बङ्गालमा कुनै पनि आयाममा गोर्खाहरू सुरक्षित छैनन् भन्ने कुरा हामीले बुझ्नुपर्ने।
उक्त दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते हुनेहरूलाई सरकारले शीघ्र र उचित क्षतिपूरण दिनुपर्ने पार्टीको पक्षमा गुरुङले पनि गरेका छन्।