आईएससँग जड़ित चार सन्दिग्ध आतङ्की पक्राउ

0
1249
साङ्केतिक तस्वीर।

कोलकाता, 25 जून : कोलकाता पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)-ले मङ्गलबार शहरबाट चारजना सन्दिग्ध आतङ्कीलाई पक्राउ गरेको छ। यी चारैजना आतङ्की इस्लामिक स्टेट (आईएस) र जमात-उल-मुजाहिद्दीन बङ्ग्लादेश (जेएमबी)-सँग जड़ित रहेको बताइएको छ।

पक्रा परेका यी सन्दिग्ध आतङ्कीहरूबाट व्यापक मात्रामा आपत्तिजनक सामग्री बरामद भएको छ। कोलकाता पुलिसले यी चारैजना सन्दिग्ध आतङ्कीसँग केरकार गरिरहेको छ। चारमध्ये दुईजना आतङ्कीलाई सियालदह रेलवे स्टेशन र अन्य दुईलाई हावड़ा रेलवे स्टेशनबाट पक्राउ गरिएको बताइएको छ। पक्रा परेका आतङ्कीमध्ये तीनजना बङ्ग्लादेशी हुन् भने एक भारतीय हुन्।

पुलिसले उनीहरूबाट मोबाइल फोन पनि बरामद गरिएको छ, जसमा जेहादसँग सम्बन्धित धेरै फोटो, भिडियो र म्यासेज छन्।

सूत्रका अनुसार यी आतङ्कीहरू भारतमा आफ्नो सङ्गठन विस्तार गर्नका लागि युवाहरूको भर्ती र फण्ड कलेक्शनमा सामेल थिए। पुलिसले चारैजना आतङ्कीसँग गहन केरकार गर्दैछ, ताकि उनीहरू भारत आउनुको उद्देश्यबारे पत्तो लगाउन सकियोस्।

उल्लेखनीय छ, बङ्ग्लादेशी आतङ्की सङ्गठन जेएमबी आईएससँग जड़ित छ। सरकारले यो सङ्गठनमाथि प्रतिबन्ध लगाइसकेको छ। यसै सङ्गठनसँग जड़ित आतङ्कीले केही दिनअघि आस्‍ट्रेलियाका एक नागरिकमाथि छुरी प्रहार गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here