ममतालाई झट्का : पश्चिम बङ्गाल ‘बाङ्ग्ला’ नहुने, गृहमन्त्रालयद्वारा प्रस्ताव खारेज

0
1878
ममता ब्यानर्जी (फाइल फोटो)।

नयाँ दिल्ली, 3 जुलाई : पश्चिम बङ्गालको नाम ‘बाङ्ग्ला’ राख्ने मागलाई केन्द्र सरकारले खारेज गरेको छ। बुधबार एक प्रश्नको उत्तर दिँदै सरकारको तर्फबाट केन्द्रिय गृह राज्यमन्त्री नित्यानन्द रायले पश्चिम बङ्गालको नाम ‘पश्चिम बङ्गाल’ नै रहने, नाम फेरिएर ‘बाङ्ग्ला’ नहुने स्पष्ट बताएका छन्।

केन्द्रिय गृह राज्यमन्त्रीले यस सन्बन्धमा भने, ‘राज्यको नाम परिवर्तन गर्नका लागि संवैधानिक संशोधनको आवश्यकता पर्छ। स्मरण रहोस्, पश्चिम बङ्गालको ममता सरकारले राज्यको नाम परिवर्तन गरी पश्चिम बङ्गालको सट्टा बाङ्ग्ला राख्ने प्रस्ताव दिएको थियो।

26 जुलाई 2018 को दिन बङ्गाल विधानसभाले राज्यको नाम बाङ्ग्ला बनाउने प्रस्ताव पारित गरी स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको थियो।

अर्कोतिर पश्चिम बङ्गालका शहरी विकास मन्त्री फिरहाद हकीमका अनुसार नाम परिवर्तन गर्ने प्रक्रिया पहिलोपटक सन् 2016 मा शुरु भएको थियो। उनका अनुसार त्यसबेला राज्य सरकारले तीनवटा बेग्ला बेग्लै भाषामा नामको प्रस्ताव दिएको थियो, जसमा बङ्ग्ला भाषामा ‘बाङ्ग्ला’, अङ्ग्रेजीमा ‘बेङ्गाल’ र हिन्दीमा ‘बङ्गाल’ थियो। तर सरकारले यी तीनवटा नामको प्रस्तावलाई खारेज गरी केन्द्रले एउटा नाम पठाउने सुझाएको थियो। त्यसपछि बङ्गाल विधानसभाले राज्यको नामलाई पश्चिम बङ्गालको सट्टा बाङ्ग्ला राख्ने प्रस्ताव केन्द्रसमक्ष पठाएको थियो, जसलाई आज खारेज गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here