जोइन्ट फोरमले डीटीए, पीएफ अफिस र श्रम विभाग घेराउ गर्ने

0
1137
जोइन्ट फोरमका संयोजक जेबी तामाङ।

दार्जीलिङ, 3 जुलाई : चियाकमानका श्रमिकहरूका विभिन्न  समस्यालाई लिएर जोइन्ट फोरमले आगामी सोमवार दार्जीलिङ टी एसोसिएशन (डीटीए),  भविष्य निधि कार्यालय र श्रम विभागमा धरना दिने कार्यक्रम बनाएको छ।

यसको जानकारी जोइन्ट फोरम (हिल्स)-का संयोजक जेबी तामाङले जानकारी गराएका हुन्। उनका अनुसार न्यूनतम रोज वृद्धिलगायत पीएफ, चियाकमानका श्रमिकहरू बस्दै आएका जमिनको मालिकाना हक (पर्जा पट्टा) र अन्य समस्या समाधान गर्नका लागि चाप दिनका लागि जोइन्ट फोरमले धरना कार्यक्रम बनाएको हो।

उनका अनुसार बन्सल कम्पनीअन्तर्गतका 14 वटा विभिन्न चियाकमानले भविष्य निधि कोषमा श्रमिकहरूको पैसा बुझाएका छैनन्। यसका साथै 318 अवकाशप्राप्त चियाश्रमिकहरूको ग्रेज्युटी पनि दिइएको छैन।

“यी सबै समस्यालाई यथाशीघ्र समाधान गरिनुपर्छ भन्ने जोइन्ट फोरमको माग छ”, तामाङले थपे, “आगामी मङ्गलवारदेखि हामीले पहाड़का विभिन्न चियाकमान यी सबै मागलाई लिएर गेट मिटिङ गर्ने योजना बनाएका छौं।

उल्लेखनीय छ, जोइन्ट फोरममा सत्तारूढ़ तृणमूल कङ्ग्रेस र विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठनलाई छोड़ेर अन्य सबै राजनीतिक दलका श्रमिक सङ्गठनहरू सामेल छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here