सिलगढ़ीमा कल सेन्टरको नाममा अवैध धन्धा, 31 महिला र तीन पुरुष पक्राउ

0
1627
पक्रा परेका महिलाहरूलाई पुलिस वाहनमा चढ़ाइँदै।

सिलगढ़ी, 3 जुलाई : सिलगढ़ी पुलिसले बुधवार एक अभियान चलाएर कल सेन्टरको नाममा चलिरहेको डेटिङ र्‍याकेटको भण्डाफोर गरेको छ। साथै यो अवैध धन्धामा संलग्न 31 महिला र तीन पुरुषलाई पुलिसले पक्राउ गरेको छ। बाघजतिन पार्कको पछिल्तिर जुन घरमा यो अवैध धन्धा चलिरहेको थियो, त्यो घर एक उकिलको रहेको बताइएको छ। ती उकिलको घर भाड़ामा लिएर कल सेन्टर, ‘नेट सोलुशन एन्ड एम इन्फोटेक’ -नाममा चलिरहेको थियो।

सूत्रमार्फत प्राप्त जानकारीका अनुसार  गोप्य सूचनाको आधारमा उक्त कल सेन्टरमा छापा मार्न आज बिहान पुलिस पुगेको थियो। धेरैपटक ‘कल बेल’ बजाउनका साथै दैलो ढकढकाउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया नआएपछि पुलिसले दैलो भत्काएर भित्र पसेको थियो, जहाँबाट 31 महिला र तीनजना पुलिसलाई पक्राउ गरेको छ। पुलिसले यद्यपि  यसबारे मिडियालाई कुनै जानकारी दिएको छैन। न त घटनालाई लिएर कुनै प्रकारको कुराकानी गरेको छ। पुलिस सूत्रका अनुसार  घटनाबारे थप जानकारी र लिङ्क एकत्रित गर्नका लागि पुलिसले जाँच शुरु गरेको छ।

उल्लेखनीय छ, सिलगढ़ी पछिल्ला केही वर्षयता अनैतिक कार्य र कल सेन्टर र्‍याकेटको केन्द्र बनिरहेको छ। पुलिस सूत्रका अनुसार उक्त कल सेन्टरमा संलग्न युवतीहरूले ग्राहकहरूलाई अनैतिक गतिविधिका लागि प्रलोभन देखाएर जयन्ती रेको युनियन ब्याङ्कको खाता र पीटीएममार्फत् पैसा जमा गर्न लगाउने गर्थे।

जानकारीका उक्त कल सेन्टरका मालिक भागेका छन्, जसलाई पुलिसले खोजिरहेको छ। यसभन्दा अघि 2018-को सेप्टेम्बर महिनामा कोलकाता पुलिसको सहयोगमा हैदराबादको साइबर क्राइम ब्राञ्चले सिलगढ़ीमा अनलाइन डेटिङ र्‍याकेटको भण्डाफोर गरेको थियो। त्यसबेला उक्त धन्धामा संलग्न दुईजनालाई पुलिसले कोलकाता र सिलगढ़ीबाट पक्राउ गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here