पूर्व मुख्यमन्त्री चामलिङले एसपीजी सुरक्षा पाएको कुरा झूटो र असत्य : डीआईजी रेञ्ज सोनाम टी. भोटिया

0
1631
डीआईजी रेञ्ज सोनाम टी. भोटिया।

गान्तोक, ५ जुलाई : राज्यका पूर्व मुख्यमन्त्री पवन चामलिङलाई केन्द्रिय गृहमन्त्रालयले स्पेशल प्रोटेक्शन ग्रुप (एसपीजी)- सुरक्षा दिएको दाबी झूटो रहेको खुलासा भएको छ। उल्लेखनीय छ, पछिल्लो २८ जूनको दिन चामलिङले एसपीजी सुरक्षा पाएको दाबी गरिएको समाचार मिडियामा आएको थियो। यद्यपि उक्त दाबी असत्य र झूटो रहेको पुष्टि भएको छ।

बिहीवार सिक्किम पुलिसका डीआईजी रेञ्ज सोनाम टी. भोटियाले पूर्व मुख्यमन्त्री चामलिङले एसपीजी सुरक्षा पाएको असत्य र झूटो रहेको बताउँदै एसपीजी भनिएका कथित दुईजना गार्डले पनि हिजै राज्य छोड़िसकेको पुष्टि गरे।

आज साँझ राजधानी गान्तोकस्थित आफ्नो कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एसपीजी सुरक्षाकर्मी सिक्किम आएको समाचार प्रकाशमा आएपछि उक्त समाचारले राज्यवासीमा संशय फैलिनका साथै दिग्भ्रमित बनेको बताए।

‘राज्यमा फैलिएको भ्रमलाई रोक्नका लागि हामीले बुधबार यसबारे जाँच गऱ्यौं। यसअवधि हामीले एसपीजीकर्मी भनिएका ती कथित् दुई सुरक्षाकर्मीलाई केरकार गऱ्यौं। केरकारमा पूर्म मुख्यमन्त्रीले यी दुई व्यक्तिलाई प्रतिमहिना ३५ हजार रुपियाँको दरले भाड़ामा मगाएको कुरा खुल्यो’, डीआईजी रेञ्ज भोटियाले थपे, ‘उनीहरू हरियाणाको पालवा जिल्लाका बासिन्दा हुन्। उनीहरूसित सर्वभारतीयस्तरको लाइसेन्स भएको .३२ सानो रिभोल्भर स्वसुरक्षाका लागि थियो।’

उनका एसपीजी सुरक्षा वर्तमान र पूर्व प्रधानमन्त्रीले मात्र पाउने गर्छन्। ‘हामीले ती दुईजना गार्डसँग कुराकानी गर्दा यथार्थ थाहा पायौं’, उनले भने।

पूर्व मुख्यमन्त्रीको बचाउ तथा सुरक्षाका निम्ति राज्य सरकारले अगावै दुईजना एसपीओ र आईआरबीको एक सेक्शन उनकै आवासमा तैनाथ गरेको डीआईजी रेञ्ज सोनाम टी. भोटियाले जानकारी दिए।

“सिक्किम एक भयरहित तथा सुरक्षित राज्य हो। सुरक्षाका लागि राज्य सरकार र सिक्किम पुलिसले आफ्नो पक्षबाट हरसम्भव काम गरिरहेको छ”, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने।

उल्लेखनीय छ, एसडीएफका वरिष्ठ नेता एवं चामलिङका अति नजिकका मानिएका पूर्व मन्त्री एवं वर्तमान विधायक उगेन टी. ग्याछो भोटियाले पनि पूर्व मुख्यमन्त्री पवन चामलिङले एसपीजी सुरक्षा पाएको दाबी गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here